शिटाैला इन्टरप्राइजेजले ल्यायाे दमकमा विद्युतीय स्कुटी

,   लिम्बुवान न्युज
                       

दमक , १६ फागुन । झापाको दमकमा पहिलोपटक विद्युतीय स्कुटरको विक्री शुरु भएको छ । सिटौला इन्टरप्राइजेजले आजदेखि दमक ५ संगमस्वीट्स छेउमा कार्यालय स्थापना गरेर विद्युतीय स्कुटर र साईकलको विक्री शुरु गरेको हो ।

उक्त व्यवसायिक गृहको आज दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् । उनले उद्घाटनका क्रममा विद्युतीय स्कुटी र साईकल वातावरणमैत्री भएकाले यसको प्रयोगमा हामीसवैले जोड दिनुपर्ने औल्याईन् ।

भारतमा निर्मित पियूर कम्पन्नीको विद्युतीय स्कुटर र साईकल विक्री शुभारम्भ कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ , पियूर कम्पन्नीका नेपाल प्रमुख अशोक खड्गी लगायतले व्यवसायिक सफलताको शुभकामना गरेका थिए ।

दमकका लागि आधिकारिक विक्रेता सिटौला इन्टरप्राईजेजका सञ्चालक निशा सिटौलाका अनुसार इन्धन नचाहिने उक्त स्कुटी फूल चार्ज गरेपछि १२० किलोमिटर कुदुने क्षमता रहेको छ । दुई मोडलका उक्त स्कुटीको मूल्य २ लाख ४९ हजार र २ लाख ६० हजार रहेको छ । शोरुम उद्घाटनका अवसर पारेर स्कुटी ग्राहकहरुलाई लक्षित गरि ८ हजार सम्म छुटको समेत व्यवस्था गरिएको उनले बताईन् ।

इन्टरप्राईजेजले स्कुटी खरिद गर्न चाहनेका लागि एक्सचेन्ज , फाइनान्सको समेत व्यवस्था गरिएको सञ्चालक गंगा सिटौलाले बताए ।
शोरुम शुभारम्भ कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, दमक जेसीजका अध्यक्ष सन्जीव बराल,दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का,कांग्रेस क्षेत्रीय सचिव मुकुन्द उप्रेती ,विभिन्न संघसंस्था,व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;