पथरीशनिश्चरेमा तीन दिने पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

 लिम्बुवान न्युज
                       

मोरङ, १६ फाल्गुन । मोरङको पथरीशनिश्चरेमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम समापन भएको छ ।
पथरीको मनोहर होटल एण्ड फनपार्कमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको छ ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडाको कार्यबाहक अध्यक्ष रोमान्सि धिमाल, फोनिज १ नम्बर प्रदेश इन्चार्जसमेत रहेका प्रमुख प्रशिक्षक दिपिन राई, प्रेस चौतारी मोरङ जिल्ला उपाध्यक्ष सन्तोष राई, प्रशिक्षक केशब निरौला, फिपराज बेघा लगायतले मन्तब्य राखेका थिए ।

समापन कार्यक्रममा सहभागीको तर्फबाट सुमन थापा र सर्मिला दाहालले तालिमको अनुभव सुनाएका थिए । थापा र दाहाले तालिम प्रभाबकारी भएको प्रतिकृया दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र, प्रशिक्षकलाई कदरपत्र र अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

आदर्श सर्भिस सेन्टर प्रा.लि.द्वारा सञ्चालित रातोकलम डटकमका प्रबन्धको सम्पादक अर्जुन जम्नेली राईको सभापतित्वमा भएको समापन कार्यक्रम प्रबन्धक मौसम लिम्बूले सञ्चालन गरेका थिए ।

प्रदेश सभा सदस्य (समानुपातिक) कृष्णकुमारी राईको पूर्वाधार विकास कोषको सहयोगमा आयोजित तालिम फागुन १३–१५ गते तीन दिनसम्म चलेको थियो । तालिममा पूर्बी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, मिक्लाजुङ, त्यसैगरी अन्य जिल्लाहरु झापा, उदयपुर लगायतबाट ३० जना सहभागी भएका थिए ।

तालिमको सहजिकरण दिपिन राई, अर्जुन जम्नेली राई, केशव निरौला र फिपराज बेघाले गरेको रातोकलम डटकमको प्रबन्धक मौसम लिम्बूले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...