लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ फाल्गुन । लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक भएको छ । शनिवार याक्थुङ फिल्म्स प्रा.लि.ले  पहिलाे पाेस्टर सार्वजनिक गरेको हो ।

निर्देशक रवि सेर्माकाे निर्देशनमा बनेकाे याे चलचित्र याक्थुङ फिल्मस् प्रालिकाे व्यानरमा निर्माण गरिएकाे हाे । बहुप्रतिक्षित चलचित्र सेमिफुङका निर्माताहरु बबिन आङ्देम्बे, सागर केरुङ र शेरबहादुर पतङ्वा रहेका छन् भने कथा/पटकथा/संवाद राज थापा काउचाले गरेका छन् ।

इलाम, झापा लगायत विभिन्न ऐतिहासिक ठाउँहरुमा छायांकन गरिएको चलचित्रको सम्पादन अनिल महर्जनले गरेका छन् भने साङ्सेन पन्धाक र ऐत खजुमको शब्द डिल्ली फोम्बोको संगीत, निरन्ता नेम्बाङ, इन्दीरा नेम्बाङ, देवेन चेम्जोङ, उदय बेघाको स्वर रहेको छ ।

बिक्रम डिसिको छायांकन र अशोक कुमार राइको ब्याकराउन्ड म्युजिक रहेको चलचित्र सेमिफुङमा बबिन आङ्देम्बे, चन्दा थेगिम, सतिका सुब्बा, चन्द्रप्रसाद बेघा, बिनोद पोमु, संगीता लावती, उदय कुरुम्बाङ, बिजय संयक लगायतले अभिनय गरेका छन् ।

लिम्बु संस्कार र प्रेमबारे निर्मित चलचित्र सेमिफुङ आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...