चुम्लुङको कनकाई अध्यक्षमा प्रेमकुमार फोम्बो

 लिम्बुवान न्युज
                       

झापा। किरात लिम्बु जातिहरु साझा संस्था किरात याक्थुङ् चुम्लुङ् कनकाई नगर अध्यक्षमा प्रेम कुमार फोम्बो निर्वाचित भएका छन् । शनिबार कनकाई दुर्गापुरको सामुदायिक भवनको सभाहलमा सम्पन्न तेस्रो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।

चुम्लुङका राष्ट्रिय सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले सन्तोष आङभाङको सांगठानिक प्रतिवेदन र गीता चेम्जोङले पेश गरेका आर्थिक प्रतिवेदन पारित गरेसँगै पुरानो समिति भङ्ग गरेको थियो ।

अधिवेशनको लागि फोम्बोको अध्यक्षतामा १५ सदस्यीय आगामी ३ बर्षको लागि नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मंगल सिङ तेङबुङ, सचिवमा गोविन्द साँवा, सह सचिवमा सन्तोष आङभाङ, कोषाध्यक्षमा गीता चेम्जोङ, सदस्यहरुमा निर्मल आङथुपो, बसन्त मेयाङवो, गंगा आङवोहाङ, अमर मेयाङवो, अस्मिता सेनेहाङ, युनिसा साउदेन, तारा सेम्बु, हेमराज लिङदेन, रञ्जु लिम्बू र किसोर साम्भु निर्विरोध निर्वाचित भएका थिए ।

उक्त अधिवेशनलाई गोविन्द साँवा, निर्मल आङथुपो, छत्र कुरुम्बाङ, धनपाल कन्दङवा र भक्त मेन्याङबो लगायतका बुद्धिजिवीहरुले शुभकामना मन्तव्य दिएका थिए । अधिवेशनको अध्यक्षता रुद्र बहादुर तबेबुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य हस्त वनेमले गरेका थिए । कियाचु कनकाई समितिका सचिव सन्तोष आङभाङले कार्यक्रम संचालन गरेका थिए ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;