विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी

 लिम्बुवान न्युज
                       

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुले आफनो वर्चश्व कायम राख्न् सफल भएको छ । मुख्य र धेरै पदहरुमा प्यानलले जित कायम गरि यसपटक पनि आफनो बर्चश्व राख्न सफल भएको हो ।

आइतबार साँझको अन्तिम मतपरिणामअनुसार लोकतान्त्रिक समूहले दश जना पदाधिकारीमध्ये अध्यक्षसहितको ८ जना जितिरहँदा संयुक्तले महासचिव र वाणिज्य सचिवसहित दुईवटा पदाधिकारीमा चित्त बुझाएको छ । त्यस्तै खुल्ला सदस्य ७ र दुई महिला सदस्यगरी ९ जनामध्ये लोकतान्त्रिकले ६ र संयुक्तले ३ पद जितेका छन् ।

निर्वाचन समितिका अनुसार विजयी लोकतान्त्रिक प्यानलका शिवाकोटीले २१३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका सुवास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने २११६ मतसहित विजयी बनेका छन् । उनका प्रतिष्पर्धी नारायणप्रसाद चिमरियाले १५९२ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरे १९४० मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले १७१८ मत प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे(राजु)ले २२७८ मतका साथ जित हासिल गरिरहँदा संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गरेका छन् । महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनाली १८४३ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका छन् ।

यसरी नैउद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा सर्वाधिक २५२० मतसहित विजयी बनिरहँदा प्रतिस्पर्धी धनबहादुर डाँगीले १०६३ मत प्राप्त गरेका छन् । त्यस्तै वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेल १९६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री )ले १६७४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत ल्याई विजयी हासिल गरेका छन् । उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गरेका छन् । महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मतले जित हासिल गरिरहँदा प्रतिस्पर्धी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गरेकी छन् ।

९ जनामध्ये लोकतान्त्रिकले ६ र संयुक्तले ३ पद जिते
त्यस्तै खुल्ला सदस्यमा विशाल थापा २०९९, गुन्जन प्रसाई २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, बलराम सिटौला राम १८६१, गौरीशंकर गुप्ता टिंकु १७९० तथा महिला सदस्यमा तुलसा ढकाल खनाल २१९५ र रुचि शिवाकोटी २०७६ मतसहित विजयी बनेका छन् ।
कांगे्रसनिकट लोकतान्त्रिक प्यानलले अधिकांश पदमा विजयी हासिल गरिरहँदा नेकपा र राप्रपाको संयुक्त प्यानलबाट राप्रपाका एकजना वाणिज्य सचिव कृष्ण पौडेलले मात्र जितेका छन् । राप्रपाले तीन पदाधिकारी तीन सदस्य पाएको थियो । ११ जनाले उम्मेद्वारी दिएको नेकपाले भने महासचिव र दुई सदस्य गरी ३ पदमा विजयी हासिल गरेको छ । राजनीतिक दलहरुले भिन्नाभिन्नै प्यानल बनाएपनि मतदाताहरुले प्यानलसँगै उम्मेद्वारलाई हेरेर मत दिएको पाइएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;