विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी

 लिम्बुवान न्युज
                       

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुले आफनो वर्चश्व कायम राख्न् सफल भएको छ । मुख्य र धेरै पदहरुमा प्यानलले जित कायम गरि यसपटक पनि आफनो बर्चश्व राख्न सफल भएको हो ।

आइतबार साँझको अन्तिम मतपरिणामअनुसार लोकतान्त्रिक समूहले दश जना पदाधिकारीमध्ये अध्यक्षसहितको ८ जना जितिरहँदा संयुक्तले महासचिव र वाणिज्य सचिवसहित दुईवटा पदाधिकारीमा चित्त बुझाएको छ । त्यस्तै खुल्ला सदस्य ७ र दुई महिला सदस्यगरी ९ जनामध्ये लोकतान्त्रिकले ६ र संयुक्तले ३ पद जितेका छन् ।

निर्वाचन समितिका अनुसार विजयी लोकतान्त्रिक प्यानलका शिवाकोटीले २१३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका सुवास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने २११६ मतसहित विजयी बनेका छन् । उनका प्रतिष्पर्धी नारायणप्रसाद चिमरियाले १५९२ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरे १९४० मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले १७१८ मत प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे(राजु)ले २२७८ मतका साथ जित हासिल गरिरहँदा संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गरेका छन् । महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनाली १८४३ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका छन् ।

यसरी नैउद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा सर्वाधिक २५२० मतसहित विजयी बनिरहँदा प्रतिस्पर्धी धनबहादुर डाँगीले १०६३ मत प्राप्त गरेका छन् । त्यस्तै वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेल १९६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री )ले १६७४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत ल्याई विजयी हासिल गरेका छन् । उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गरेका छन् । महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मतले जित हासिल गरिरहँदा प्रतिस्पर्धी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गरेकी छन् ।

९ जनामध्ये लोकतान्त्रिकले ६ र संयुक्तले ३ पद जिते
त्यस्तै खुल्ला सदस्यमा विशाल थापा २०९९, गुन्जन प्रसाई २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, बलराम सिटौला राम १८६१, गौरीशंकर गुप्ता टिंकु १७९० तथा महिला सदस्यमा तुलसा ढकाल खनाल २१९५ र रुचि शिवाकोटी २०७६ मतसहित विजयी बनेका छन् ।
कांगे्रसनिकट लोकतान्त्रिक प्यानलले अधिकांश पदमा विजयी हासिल गरिरहँदा नेकपा र राप्रपाको संयुक्त प्यानलबाट राप्रपाका एकजना वाणिज्य सचिव कृष्ण पौडेलले मात्र जितेका छन् । राप्रपाले तीन पदाधिकारी तीन सदस्य पाएको थियो । ११ जनाले उम्मेद्वारी दिएको नेकपाले भने महासचिव र दुई सदस्य गरी ३ पदमा विजयी हासिल गरेको छ । राजनीतिक दलहरुले भिन्नाभिन्नै प्यानल बनाएपनि मतदाताहरुले प्यानलसँगै उम्मेद्वारलाई हेरेर मत दिएको पाइएको छ ।

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...