थारुहरुले १० लाख हस्ताक्षर सहित राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँने

 लिम्बुवान न्युज
                       

काठमाडौं। थरुहट थारुवान संयुक्त मोर्चाले १० लाख हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई ज्ञापन पत्रसहित बुझाउने बताएको छ । गत शनिबार कैलालीको हसुलियामा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनको वृहत सभाको दोस्रो दिनको बन्दसत्रले यस्तो निर्णय गरेको हो ।

उक्त सम्मेलनको बन्दसत्रले विभिन्न विषयमा महत्वपूर्ण निर्णय गर्दै पहिचानवादी घटहरुसँग सहकार्य गर्दै राज्यले गरेको विभेदको विरुद्ध र थारु बन्दीहरुको रिहाईको लागि आन्दोलन घोषणा गर्ने जनाएको छ । चैत्र २० देखि ३१ सम्म तराईको सबै जिल्लाहरुमा अन्तरक्रिया गर्ने मोर्चाले जनाएको छ ।

थरुहट थारुवान एकता, मोर्चाबन्दी, साझा मुद्दा र साझा संघर्षको लागि शान्तिपूर्ण विद्रोह गर्ने मोर्चाले बन्दशत्रमा निष्कर्ष गरेको छ । सम्मेलनको मुख्य नारा “समानता, न्याय, अधिकारका लागि एवं दासता विरुद्ध थरुहट थारुवान राष्ट्रिय सम्मेलन” रहेको थियो । सम्मेलनमा विभिन्न पहिचानजन्य घटकहरुले प्रतिबद्धता जनाएको मोर्चाको का.वा. संयोजक श्रवण थारुहरुले बताए ।

सम्मेलनले निकालेको प्रेसविज्ञप्ति जस्ताको तस्तैः

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...