प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्यहरुको तीन पन्नामा हस्ताक्षर संकलन

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीन ठाउँ फरक पन्नामा हस्ताक्षर संकलन गरिएको हो ।

अघिका हस्ताक्षरहरु अव्यवस्थित भएको हुँदा हस्ताक्षर संकलन व्यवस्थित र ओरिजिनल होस् भनेर सबै केन्द्रीय सदस्यहरुलाई तीन पनामा हस्ताक्षर गराईएको जनाइएको छ । साथमा सबै केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको छ ।

यो हस्ताक्षर संकलन निर्वाचन आयोगमा पार्टी वैधानिकता दाबी गर्ने प्रयोजनका लागि गरिएको बताइएको छ । यस बैठकले आयोगमा वैधानिकताको दबाब, संसद र सरकार निर्माणमा निर्णय लिन भने सचिवालय र स्थायी कमिटीलाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कमिटी बैठक शुरु हुनु पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । स्थायी कमिटी बैठकले सुवास नेम्वाङ, महेश बस्नेत, विशाल भट्टराई लगायत सात जनालाई कारवाही गरेको छ ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...