झापाको कनकाईमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, चारको अवस्था चिन्ताजक

,   लिम्बुवान न्युज
                       

दमक। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका सुरुंगा सडक खण्डमा तीन सवारी साधन ठोकिएर सडक दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आएकाे को१ख १६८४ नम्बरको ग्यास बोकेको ट्रक एकआपसमा ठाेकिन्दा दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार सुनसरी धरान १६ का २८ बर्षीय चालक दिपक क्षेत्र र सोलु पासाङ १ का ३० बर्षीय दिलिप राना मगरको उपचारको क्रममा वि एण्ड सि अस्पतालमा मृत्यु भएको छ । घाइते ४ जना जनाको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले बताएको छ् । ग्यासको ट्रकले ओभरट्याक गरेको प्रहरीको भनाई छ । प्रहरीको अनुसार ट्रक चालक फरार भएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;