फाकफोकथुम अध्यक्ष कप फूटबल हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। इलामको फाकफोकथुम ४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजना गर्ने कार्यक्रमको फाइनल नयाँ बर्ष २०७८ बैशाख १ गते सम्पन्न गर्ने जनाइएको छ ।

अध्यक्ष कप फूटबलको विजेतालाई १ लाख र उपविजेताले ५० हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कार जित्ने छ । उक्त प्रतियोगितातामा गाउँपालिकाको १६ वटा टिम सहभागी हुने आयोजक जनाएको छ ।

प्रतियोगितामा आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यालय वा अन्य निकायमा दर्ता भएको क्लबहरुले मात्र भाग लिन पाउने छन् भने खेल ७ साइडको हुने छ ।

फाइनल खेलको दिन बैशाख १ बृहत सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी समेत हुने भएको छ । फुङ्वा युवा क्लब स्थापना काल देखी नै फुएतप्पा महोत्सव, सांस्कृतिक कार्यक्रम, जनचेतनामुलक विविध कार्यक्रम एवं जनसहभागितासँगै विकास निर्माण कार्य गर्दै आइरहेको अध्यक्ष फुर्सद योङहाङ बताए ।

हरेक बर्ष फाकफोकथुमका विभिन्न वडाहरुमा अध्यक्ष कप हँुदै आएको छ । फुएतप्पाको लिम्बु गाउँमा हुने अध्यक्ष कप प्रतियोगिता एवं बैशाख १ गते बृहत सांस्कृतिक कार्यक्रम सहित हुने फाइनल खेलमा स्थानीयहरु मौलिक पहिचान एवं मौलिक संस्कार समेत अवलोकन गर्न सकिने भएकोले नयाँ बर्षमा धेरै दर्शक आउने त्यस क्षेत्रका सामाजिक अभियन्ता दिपक योङहाङले बताए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...