सरकार र विप्लव बिच तीन बुँदे सहमतिमा हस्ताक्षर

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टी विप्लव बिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा अयोजित कार्यक्रममा सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादल र विप्वलको तर्फबाट वार्ता समिति संयोजक प्रवक्ता खडग बहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सोही हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । आज सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने अब नेपालमा हिंसात्मक द्वन्द्व छैन ।

ओलीले भने, ‘अब यो देशमा कुनै पनि पार्टीले हिंसात्मकको बाटो रोज्ने छैनन् अब देश समृद्धि तर्फ अगाडि बढछ । द्वन्द्व सधैको लागि अन्त्य भएको घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले लामो सम्वादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आउनु भनेको राजनीतिमा सेफ ल्याण्डिङ भएको बताए । महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको बताउनु हुँदै यो साहसिक कदम प्रति धन्यवाद व्यक्त गरेका छन् ।

यसै समारोहलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताए । उनले ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने यथावत नै रहेको बताउँदै वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।

समय बदलिएको संकेत गर्दै उनले भने, ‘कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् ।’

सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं’, उनले भने ।

(तस्वीरः फाइल तस्वीरबाट)

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;