सरकार र विप्लव बिच तीन बुँदे सहमतिमा हस्ताक्षर

,   लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टी विप्लव बिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा अयोजित कार्यक्रममा सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादल र विप्वलको तर्फबाट वार्ता समिति संयोजक प्रवक्ता खडग बहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सोही हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । आज सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने अब नेपालमा हिंसात्मक द्वन्द्व छैन ।

ओलीले भने, ‘अब यो देशमा कुनै पनि पार्टीले हिंसात्मकको बाटो रोज्ने छैनन् अब देश समृद्धि तर्फ अगाडि बढछ । द्वन्द्व सधैको लागि अन्त्य भएको घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले लामो सम्वादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आउनु भनेको राजनीतिमा सेफ ल्याण्डिङ भएको बताए । महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको बताउनु हुँदै यो साहसिक कदम प्रति धन्यवाद व्यक्त गरेका छन् ।

यसै समारोहलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताए । उनले ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने यथावत नै रहेको बताउँदै वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।

समय बदलिएको संकेत गर्दै उनले भने, ‘कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् ।’

सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं’, उनले भने ।

(तस्वीरः फाइल तस्वीरबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;