मिक्लाजुङको नवौं गाउँसभा सम्पन्न, १ सय २५ कृषक पुरस्कृत

 लिम्बुवान न्युज
                       

रविबजार। पान्थर मिक्लाजुङ गाउँपालिकाले धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै नवौं गाउँसभा सम्पन्न गरेको छ ।
विहीबार सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको मापदण्ड अनुसार धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएका हो ।

पालिकाको सो कार्यविधि अनुसार वडा १ बाट ३, २ बाट ११, ३ बाट २३, ४ बाट १४, ५ बाट २१, ६ बाट १२, ७ बाट १४ र ८ बाट २७ जना नगद १ लाखका दरले सम्मानित भएका छन् । पुरस्कृत कृषकहरुले धान ४० मुरी वा सोभन्दा माथि र मकैं २० फिट लम्बाईसँगै ४ फिट उचाईको थाङ्ग्रो हुनु पर्ने मापदण्ड तयार पारिएको थियो ।

पुरस्कृत कृषकलाई गाउँपालिका अध्यक्ष अमरराज माखिम र उपाध्यक्ष उर्मिला राईले नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताए । कृषि पेशामा आवद्ध रहेका उनीहरुलाई हौसला मिल्ने यस किसिमको कार्यक्रमले आम कृषकमा खुशी छाएको अधिकृत तिखत्रीले जनाएका छन् ।

स्थानीय सरकार प्रति खुशी व्यक्त गर्दै थप मेहनत र परिश्रम गर्ने जिम्मेवारी पाएको स्थानीयले कृषकहरुले महसुस गरेका छन् । सभामा कृषि सम्बन्धि नीति तथा कार्यक्रम समेत निर्माण गर्दै अन्य कार्यक्रमहरु समेत संशोधन गरिएको जनाइएको छ ।

कार्यक्रममा यस पालिकाको चालु तथा पुँजिगत योजना र कार्यक्रमको एकीकृत खर्च विवरण सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

हरेक कार्यक्रमलाई तीव्रताका साथ संचालन र सम्पन्न गर्दै आएको यस पालिकाले गत आर्थिक वर्षमा जम्मा बजेटको ८४ प्रतिशत खर्च गरेको थियो भने, यस आर्थिक वर्ष २०७७/०७८ मा ४९ करोड १३ लाख ५३ हजार पाँच सय ८० रुपैयाँ बजेट मध्ये हाल सम्म ३८ प्रतिशत मात्रै कोभिड–१९ को प्रभावका कारण खर्च भएको लेखा अधिकृत दिपेन्द्र चेम्जोङले बताए ।

पालिका अध्यक्ष माखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राई, वडाध्यक्षहरु लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;