दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

 लिम्बुवान न्युज
                       

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको छ ।

फेस्टिवल प्रचारप्रसार समितिका संयोजक काजी राउतका अनुसार फेस्टिवल सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीको काम सकिएको छ । दमक बसपार्क पूर्वतर्फको पशुहाट क्षेत्रमा लाग्ने फेस्टिवलमा करिव ४७ व्यवसायिक स्टल रहने र ती सवै बुकिङ भईसकेको छ ।

फेस्टिवलमा विभिन्न जातीहरुको खानाका परिकारहरुसंगै स्थानीय हस्तकला, कृषि उपजहरुको प्रर्दशनी रहने छ । उपस्थित दर्शकहरुलाई स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिहरु रहने संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

फेस्टिवल सम्पन्न गर्न सघाँउ पुरयाँउने उद्देश्यले भुपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार, गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति, मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुधिर प्रधानको संयोजकत्वमा अतिथि सत्कार र नन्द प्रसाद चम्लागाईको संयोजकत्वमा मञ्ज व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

संघका अध्यक्ष राजेन्द्र दंगालले फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको बताए ।

प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री प्रदेश राम रानाको प्रमुख आतिथ्यतामा हुने फेस्टिवल उद्घाटन कार्यक्रम राखिएको छ ।

फेस्टिवलमा मुख्य प्रायोजक टेन्सबर्ग, सहप्रायोजकमा विगमास्टर लगायतका व्यवसायिक गृहले सहयोग पुरयाँएका छन् । सातै दिन फेस्टिवलमा सृजना खत्री, सन्दीप क्षेत्री, मेलिना राई, लाहुरे, निशान भट्टराई, रिया श्रेष्ठ, भीटेन र ज्योति मगर लगायतका चर्चित कलाकारहरुको वेजोड प्रस्तुति रहने जनाईएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;