दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

 लिम्बुवान न्युज
                       

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको छ ।

फेस्टिवल प्रचारप्रसार समितिका संयोजक काजी राउतका अनुसार फेस्टिवल सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीको काम सकिएको छ । दमक बसपार्क पूर्वतर्फको पशुहाट क्षेत्रमा लाग्ने फेस्टिवलमा करिव ४७ व्यवसायिक स्टल रहने र ती सवै बुकिङ भईसकेको छ ।

फेस्टिवलमा विभिन्न जातीहरुको खानाका परिकारहरुसंगै स्थानीय हस्तकला, कृषि उपजहरुको प्रर्दशनी रहने छ । उपस्थित दर्शकहरुलाई स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिहरु रहने संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

फेस्टिवल सम्पन्न गर्न सघाँउ पुरयाँउने उद्देश्यले भुपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार, गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति, मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुधिर प्रधानको संयोजकत्वमा अतिथि सत्कार र नन्द प्रसाद चम्लागाईको संयोजकत्वमा मञ्ज व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

संघका अध्यक्ष राजेन्द्र दंगालले फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको बताए ।

प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री प्रदेश राम रानाको प्रमुख आतिथ्यतामा हुने फेस्टिवल उद्घाटन कार्यक्रम राखिएको छ ।

फेस्टिवलमा मुख्य प्रायोजक टेन्सबर्ग, सहप्रायोजकमा विगमास्टर लगायतका व्यवसायिक गृहले सहयोग पुरयाँएका छन् । सातै दिन फेस्टिवलमा सृजना खत्री, सन्दीप क्षेत्री, मेलिना राई, लाहुरे, निशान भट्टराई, रिया श्रेष्ठ, भीटेन र ज्योति मगर लगायतका चर्चित कलाकारहरुको वेजोड प्रस्तुति रहने जनाईएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा तत्काल केवलकार निर्माण खारेज गर्न माग

ललितपुर, १० माघ । मुन्धुमीस्थल मुक्कुमलुङमा केवलबार निर्माण तत्काल खारेज गर्न र सैन्यकरण बन्द गर्न माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले माग गरेकाे छ । मुन्धुमीस्थल मुक्कुमलुङकाे मुन्धुमी, सांस्कृतिक, अाध्यात्मिक अास्थालाइ...

तारादेवी १९औैं पुण्य स्मृति भव्य साङ्गीतिक कार्यक्रम

ललितपुर, १० माघ । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । उनको १९औैं पुण्यतिथिमा सम्झनामा तारा देवी नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित...

पान्थरमा भावना इङवाको संयोजकत्वमा संयुक्त पहिचानवादी महिला मोर्चा गठन

दमक, १० माघ । पान्थरमा संयुक्त पहिचानवादी महिला मोर्चाको जिल्ला समिति गठन भएको छ । पान्थरको फेदेनमा भएको एक कार्यक्रमले नेत्री भावना इङवाको संयोजकत्वमा ४८ सदस्यीय महिला मोर्चा गठन गरेको हो । यसैगरी उक्त समितिको...

विजयवाेध लावती फाेनिज प्रदेश १ अध्यक्षमा निर्वाचितः १० बुँदे फेदेन घाेषणापत्र जारी

दमक, माघ १० । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन सम्पन्न भएकाे छ । पाँचथरको फिदिममा माघ ५ देखि ७ गतेसम्म आयोजित महाधिवेशनबाट सर्वसम्मत रूपमा फेदेनका विजयबोध लावतीकाे  नेतृत्वमा...