
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
शिवसताक्षी। झापाकाे शिवसताक्षी १ धरमपुरमा निर्मित सुनुवार सेवा समाजको कार्यालय भवन एक समारोह बिच उद्घाटन भएको छ । आज शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार सेर्माले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज झापा जिल्ला अध्यक्ष अबिर बहादुर सुनुवार, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शिवसताक्षीका अध्यक्ष मणिकुमार माझी, सुनुवार सेवा समाज धरमपुरका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार खड्गबहादुर सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, वडा समिति कार्यालयका वडा सदस्य मनबहादुर श्रेष्ठ आदिले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम सुनुवार सेवा समाज शिवसताक्षी १का वडाध्यक्ष भिमबहादुर सुनुवारले सभाध्यक्ष्ता गरेका थिए । अध्यक्ष सुनुवारले भवन निर्माणमा सहयोग पु¥याउनु हुने सम्पूर्ण दाता तथा नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा सुनुवार सेवा समाजका सदस्य प्रमिला सुनुवारले स्वागत मन्तव्य राखेका थिए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...