झापाका पत्रकार सेढाई मातृशोकमा

 लिम्बुवान न्युज
                       

दमक। नेपाल प्रेस युनियनका सदस्य तथा ग्लोवल संसार मिडीयाका सञ्चालक पत्रकार शेखर सेढाईलाई मातृशोक परेको छ ।

कमल गाउँपालिका वार्ड नं ७ मुलघर भएका छोराहरु छबिलाल, मोहन, तेजप्रसाद, महेन्द्र, गंगा, सोम, तुलाराम र शेखर सेडाइ अनि छोरीहरु यमुना भेटवाल र मिना खरेलकी ममतामयी माता ८३ बर्षिय टंक माया सेढाइको शुक्रवार आफनै निवासमा निधन भएको हो ।

कान्छा सुपुत्र शेखर विर्तामोडमा बसेर उक्त मिडीयामार्फत ग्लोवल टिभी अनलाइन न्यूज पोर्टल चलाउदैआएका छन् । ठुलोबाह्घरे निवासी मृतक सेढाईको शनिवार विहान अन्त्येष्टि कन्काईमाइमा गरिएको छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...