धरान ११ मा लिम्बुवानको टोल समिति गठन

,   लिम्बुवान न्युज
                       

बिजयपुर। संघीय लिम्बुवान मञ्च, नेपाल धरान ११ मा टोल समिति गठन भएको छ । आज अमर श्रेष्ठको अध्यक्षतामा नमुना सुन्दर बस्ती टोल समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावतीको उपस्थितिमा गठित समितिको उपाध्यक्षमा जोगधन राई, सचिव प्रेम जिमी, सह–सचिव भुपाल राई, अर्थसचिवमा बसन्त राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रेशम राई, हरि बहादुर राई, जस बहादुर राई र रजिन राईले जिम्मेवारी पाएका छन् ।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम समेत भएको उक्त भेलामा मञ्चका सचिवालय सदस्य सजन याक्खा, धरान उपमहानगर अध्यक्ष सन्जुहाङ साँबा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;