धरान ११ मा लिम्बुवानको टोल समिति गठन

 लिम्बुवान न्युज
                       

बिजयपुर। संघीय लिम्बुवान मञ्च, नेपाल धरान ११ मा टोल समिति गठन भएको छ । आज अमर श्रेष्ठको अध्यक्षतामा नमुना सुन्दर बस्ती टोल समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावतीको उपस्थितिमा गठित समितिको उपाध्यक्षमा जोगधन राई, सचिव प्रेम जिमी, सह–सचिव भुपाल राई, अर्थसचिवमा बसन्त राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रेशम राई, हरि बहादुर राई, जस बहादुर राई र रजिन राईले जिम्मेवारी पाएका छन् ।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम समेत भएको उक्त भेलामा मञ्चका सचिवालय सदस्य सजन याक्खा, धरान उपमहानगर अध्यक्ष सन्जुहाङ साँबा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...