याक्थुङ मुन्धुम तथा धर्म, संस्कार, संस्कृति सम्वन्धि एक दिने अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

विजयपुर धरान। धरान १९ को किरातेश्वर माविको सभाहलमा साम्जिक मुन्धुम चुम्भो धरानले याक्थुङ् मुन्धुम तथा धर्म, संस्कार, संस्कृति सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमको उद्घाटन धरान उपमहानगरका प्रमुख तिलक राईले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले विभिन्न भाषिक, पहिचान र मुन्धुम, संस्कृति सम्वन्धि विकाश गर्नु पर्नेमा जोड दिएका छन् । लिम्बू समुदायमा मुन्धुम र संस्कार संस्कृतिलाई रक्षाको लागि नगर र वडाको कोषहरूबाट बजेट विनियोजन गर्ने पनि प्रतिबध्दता जनाएका छन् । भाषा, लिपि धर्म नै याक्थुङ समुदायहरूको सभ्यता भएको हुँदो यसलाई आ–आफ्नो क्षेत्र बाट लागि पर्नु पर्ने मेयर राईले बताए ।

अन्तरक्रिया कार्यक्रममा किरात याक्थुम चुम्लुङको केन्द्रीय सल्लाहकार तथा प्रध्यापक डा. यगेन्द्र पालुङ्वा सहजीकरण गरेका थिए । सोही क्रममा पालुङ्वाले लिम्वुहरूको मुख्य पहिचान र अस्तित्व नै मुन्धुम हो भनेका छन् । उनले लिम्वुहरूले मुन्धुमलाई राम्रो व्यवस्थित गरेर लानु पर्नेमा जोड दिए । साथै अब आउने जनगणनामा किरात धर्म लेखाउन पनि सुझाव दिएका छन् ।

यस कार्यक्रमलाई साम्जिक मुन्धुम चुम्भोको अध्यक्ष मान वीर लङ्वा लिम्वुले सभाध्यक्षता गरेका थिए । त्यसैगरी स्वागत मन्तव्यमा देउमान ताम्मादेनले गरेका छन् भने कार्यक्रमको संचालन साम्जिक मुन्धुम चुम्भोको महासचिव हितराम तिलिङले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा महासभाका अभियान्ता देव इजमले लामो कार्यपत्र प्रस्तुत गरि मुन्धुम र लिम्बू जातिको मौलिक धर्म बारेमा विस्तृत रूपमा बहस, छलफल र अन्तरक्रिया गरेका थिए । अब आउने जनगणनामा युमा धर्म लेखौ भन्ने पनि सुझाव दिएको छ ।

त्यसैगरी किरात धर्म बारे लिलिस पोमुले आफ्नो लामो कार्यपत्र प्रस्तुत गर्नु भएको छ । उहाँले लिम्वुहरूको मुन्धुम र धर्म सम्वन्धि निकै लामो कार्यपत्रमा पेस गरेका थिए । उक्त कार्य पत्र अनुसार निकै लामो समय सम्म बहस र छलफल भएको थियो । अवको जनगणनामा किरात धर्म लेख्नु पर्छ भन्ने सुझाव दिएका छन् । त्यसैले दुवै जनाको कार्य पत्रमा बहस भई सकारात्मक दिशा तिर उन्मुख हुन सबैमा कार्यक्रम आयोजकले अपिल गरेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...