दोभानका अग्नीपीडितलाई दमक मोवाइल व्यवसायीको सहयोग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। दमक मोवाइल व्यवसायी संघले ताप्लेजुङ, दोभानका अग्नीपीडित परिवारको सहयोगका लागि ५ हजार उपलव्ध गराएको छ ।

अग्नीपीडित परिवारका लागि राहत जुटाउन उद्देश्यले सञ्चालित दमक–ताप्लेजुङ सम्पर्क मञ्चलाई उक्त नगद सहयोग उपलव्ध गराईएको संघका अध्यक्ष भेनस श्रेष्ठले जानकारी दिए । संघको टोलीले बुधबार मञ्चका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेललाई भेटेर सो सहयोग दिएका हुन् ।

अग्नीपीडितलाई नगद राहत अभियान जुटाउन मञ्चले आफना सदस्य केन्द्रवहादुर प्रसाईको संयोजकत्वमा आर्थिक समिति गठन गरि नगद संकलन अभियान तीव्र पारिएको छ । अभियान टोलीले शनिवार घटनास्थलमा नै पुगेर नगद राहत उपलव्ध गराउने तयारी गरिएको प्रचार संयोजक विष्णु पौडेलले बताएका छन् ।

यसैगरि मोवाइल व्यवसायी संघले आफनो स्थापना दिवस (फागुन १४)को अवसर पारेर बर्सेनी स्थानीय एक जना सञ्चारकर्मीलाई नगदसहित पुरस्कृत गर्ने समेत निर्णय भएको संघका सह–सचिव दिपेश दाहालले वताएका छन् । आगामी वर्षदेखि संघको हरेक गतिविधिलाई सञ्चारमाध्यमसम्म सूचना प्रवाह गरि योगदान पुरयाँउने एक जना सञ्चारकर्मीलाई नगद रु ५ हजार र सम्मानपत्र सहित पुरस्कृत गरिने उनले जनाए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;