खुवालुङ् अभियन्तालाई छोड्न प्रशासनलाई २४ घण्टे अल्टिमेट

 लिम्बुवान न्युज
                       

लिम्बुवान। प्रहरी हिरासतमा राखिएका खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य दिनेश काम्दुङ राई र साजन राईलाई बिना शर्त छाड्न माग गरेको छ ।

खुवालुङ क्षेत्र संरक्षण समितिले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र हिरातमा लिइएका द्वय अभियन्ताहरुलाई रिहाई गर्न प्रहरी प्रशासनलाई अल्टिमेटम दिएको हो ।

खुवालुङ बचाउ अभियानका अभियन्ताहरुलाई स्टीमर बोटबाट खुवालुङ (त्रिवेणी घाट) लैजाने विषयमा सप्तकोशीका बोट सञ्चालकहरुसँग भएको सामान्य विवादलाई तोडमोड बनाई बिहीबार उनीहरु दुवै जनालाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा छलफलको लागि भन्दै डाकेर प्रहरीले हिरासतमा लिएको थियो ।

संरक्षण समितिका सचिव दिला राईबाट जारी बिज्ञप्तिमा –‘उक्त विषयलाई सहज समाधान गर्नको सट्टा विषय अन्तर गरी सुनुयोजित एवम् षड्यन्त्रमूलक ढङ्गबाट अभियान्ताकर्मीहरुलाई राज्य प्रशासनले विभेद्पूर्ण ढङ्गबाट पक्राउ गरिएकोमा यस घटनाले हामी सम्पूर्ण सरोकारवालाका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन ।’ भनिएको छ

प्रहरीले राईद्वयमाथि मुद्दा चलाउने षडयन्त्र गरेको भन्दै विज्ञप्तिमा तत्काल हिरासतमुक्त नगरे खुवालुङ संरक्षणमा क्रियाशील संघसंस्थाहरुले निर्णायक आन्दोलन थाल्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।
बिहीबार प्रहरीले उनीहरुलाई हिरासतमा लिएको घटनाको विरोध गर्दै आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालका संयोजक राजन मुकारुङले फेसबुकबाट विरोध गरेका थिए । लगत्तै राईद्वयलाई गिरफतार गरिएको घटनाको सामाजिक सञ्जालमा व्यपक विरोध सुरु भएको छ ।

खुवालुङ दूधकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको ढुङ्गा हो । जुन डुङ्गालाई किरात समुदायको मुन्धुमी मिथ, शक्ति र आस्थाको प्रतीक मानिन्छ भने किरातीहरु त्यहाँबाट छुट्टिएको इतिहास पनि छ ।

गत फागुन ८ गते बिराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको कार्यक्रमलाई सम्बोधन गर्दै स्टिमर बोट सञ्चालनमा बाधा पुर्याएको भन्दै खुवालुङलाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको सो अभिव्यक्ति किराती समुदायको आस्थामाथिको प्रहार भएको ठहर गर्दै खुवालुङ संरक्षणको लागि विभिन्न संघसंस्थाहरुले अभियान सञ्चालन गरिरहेका छन् । यस अभिव्यक्तिलाई प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने वचाउ गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...