पुष्प–धीरेन्द्रको निःशुल्क सिपमुलक तालिम

,   लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क सीपमूल्क तालिम शुरु गरेको छ । विहीबारदेखि मोवाइल टेक्नीशियन र जुनियर प्लम्बिङ्गको तालिम प्रतिष्ठानले शुरु गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)द्वारा सम्बद्र्धन प्राप्त यस प्रतिष्ठानले यसै बर्ष देखि डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङमा ४८ जना विद्यार्थी पढाईरहेको अध्यक्ष तिर्थ बस्नेतले जनाएका छन् ।

२०/२० जनालाई ३ महिनामासम्म प्रशिक्षण दिईने उक्त कार्यक्रम सिटिइभीटीले संचालन गरेको हो भने व्यवस्थापन प्रतिष्ठानको रहेको प्रतिष्ठानले जनाएको छ ।

गैरनाफामूलक संस्थाको रुपमा स्थापना गरिएको प्रतिष्ठानले निम्न आयस्तर भएकाहरुलाई प्रोत्साहन गर्न यस्तो खालको तालिमहरु संचालनमा ल्याउने अध्यक्ष बस्नेत बताउँछन् ।

दमक १ निवासी २६ बर्षीइ पुष्पराज बस्नेत र २० बर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका थिए । उनीहरु दुवैजना अध्यक्ष बस्नेतका सहोदर माइला र कान्छा भाइहरु हुन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;