धनकुटाको महालक्ष्मी नगरमा लिम्बुवानको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका ९ मुर्तिढुङ्गामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्वुवान मञ्च नेपालले अन्तरक्रिया कार्यक्रम साथै वडा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चको मेचीकाली अभियानका प्रमुख अध्यक्ष कुमार लिङदेन मिराकद्वारा मञ्चको पछिल्लो राजनीति गतिविधि, भेटघाट र पार्टीद्वारा प्रकाशित राजनीतिक एजेण्डा पुस्तिकालाई गाउँगाउँ पु¥याउने अभियानलाई जोडन कार्यक्रमको आयोजना गरिएको हो ।

यस मेचीकाली अभियानको क्रममा महालक्ष्मी नगरपालिका ९ को वडा संगठन डम्बर मादेनको अध्यक्षतामा विस्तार गरिएको मञ्चका सचिवालय सदस्य सजन याक्खाले बताएका छन् ।

उक्त समितिको उपध्यक्षमा जय राज मादेन, सचिवमा अमृत तामाङ, सह–सचिवमा भरत लिम्बू, कोषध्यक्षमा सुमन मादेन चयन भएका छन् भने सदस्यहरूमा नीर बहादुर तामाङ, मान बहादुर तामाङ, गोकुल मादेन, सन्तोस मादेन, खडग बहादुर मादेन, डम्वर बहादुर मादेन, निर्मला तामाङ, राम माया लिम्वु, मुना बयालकोटी, बषन्ती मादेन रहेका छन् ।

त्यसैगरी सोही कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स वार्ड कमाण्डरमा जयराज मादेन, राज मादेन, मान बहादुर राई र सुजन मादेनलाई नियुक्ति पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णु तुम्बाहाम्फे, संघीय अर्थसचिव विष्णु यक्सो, प्रान्तीय उपमहासचिव चन्द्रसिंह नेम्बाङ, सचिव राजु राई, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, सजन याक्खा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता महालक्ष्मी नगर समिति अध्यक्ष गुरु प्रसाद लिम्वुले गरेका थिए भने नगर सचिव पदम आङलाबाङले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...