फूटबलका अनन्त र उसुकी जुनी बने उत्कृष्ट खेलाडी

 लिम्बुवान न्युज
                       

बिर्तामोड। फूटबलका राष्ट्रिय खेलाडी अनन्त तामाङ र उसुकी जुनी राई बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । शुक्रबार आयोजित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको चौथो झापा स्पोर्टस् अवार्डमा द्वय खेलाडीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उनीहरुलाई २०७६ सालमा गरेको उपलब्धिका आधारमा सचित आनन्द सुब्बाको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले बर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरेको थियो । फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । उनले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पारेका हुन् ।

यसैगरी अवार्डको महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी घोषित हुदै इलामकी जुनी राईले एक थान स्कुटर प्राप्त गरिन । उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन । यस्तै बर्ष उत्कृष्ट खेलाडी(युवा) तर्फ फुटबलका रेजिन सुब्बा घोषित भए । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका रेजिनले मनोनयनमा परेका कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारेका हुन् ।

यसरी नै बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जितेका छन् । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका उप्रेतीले मनोनयनमा परेका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पारे । यस्तै पिपल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापोले जितिन । उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कुवरलाई प्रदान गरियो । उनले नगद ३५ हजार र अवार्ड प्राप्त गरे ।

त्यस्तैगरी खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारिरीक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनीहरुले जनही नगद २५ हजार र अवार्ड प्राप्त गरेका थिए ।

०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा विगत चार बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

(तस्वीरः सुसन राइबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...