दमक जेसीजद्वारा एकदिने अभिमुकीकरण तालिम

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । शनिबार दमकको थ्रि इन्क होटलको सभाहलमा तालिमको आयोजना गरेको हो ।

उक्त तालिममा पदाधिकारी र सदस्य गरि जम्मा २५ जनाको सहभागिता रहेको थियो । जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुलाई प्रभावकारी बैठक सञ्चालन सम्बन्धी आधारभूत विषयमा अभिमुखीकरण गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष सुयोग खरेलले जानकारी दिए ।

तालिममा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्द राज कट्टेलको मुख्य प्रशिक्षकत्वमा सिनेटर घनश्याम कोईराला र पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले सहजीकरण गरेको महासचिव निरोज आचार्यले बताएका छन् । तालिम कार्यक्रम जेसीजका तालिम निर्देशक सहदेव भट्टराईको संयोजकत्वमा भएको थियो ।

सम्बन्धित समाचार

इनिसा विकलाई न्याय माग गर्दै दमकमा विद्यार्थीको प्रदर्शन

दमक, २ चैत्र । इनिसा विकलाई न्याय दिनु पर्ने माग गर्दै झापाको दमकमा विरोध प्रदर्शन भएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।...

रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे । पार्टी...

नेकपा एमालेले टुंग्गायो १६ समानुपातिक सांसदको नाम

ललितपुर, १ चैत्र । नेपाली कम्यूनिस्ट पाटी (एमाले)ले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएको हो । पार्टी...

संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ । मोर्चाका संयोजक...