दमक जेसीजद्वारा एकदिने अभिमुकीकरण तालिम

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । शनिबार दमकको थ्रि इन्क होटलको सभाहलमा तालिमको आयोजना गरेको हो ।

उक्त तालिममा पदाधिकारी र सदस्य गरि जम्मा २५ जनाको सहभागिता रहेको थियो । जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुलाई प्रभावकारी बैठक सञ्चालन सम्बन्धी आधारभूत विषयमा अभिमुखीकरण गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष सुयोग खरेलले जानकारी दिए ।

तालिममा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्द राज कट्टेलको मुख्य प्रशिक्षकत्वमा सिनेटर घनश्याम कोईराला र पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले सहजीकरण गरेको महासचिव निरोज आचार्यले बताएका छन् । तालिम कार्यक्रम जेसीजका तालिम निर्देशक सहदेव भट्टराईको संयोजकत्वमा भएको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...