राष्ट्रपतिद्वारा सर्वदलीय बैठकको आव्हान

 लिम्बुवान न्युज
                       

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आव्हान गरेकी छन् । मंगलबार शीतल निवासमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको स्रोत बताउँछ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दै आएको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आयोजना गर्न लागेकी हुन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...