देशमा उच्च जातीय अहंकारवाद स्थापित हुँदै–प्रचण्ड

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा उच्च जातीय अहंकारवाद स्थापित गर्ने षड्यन्त्र भइ रहेको बताएका छन् ।

मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तरसंवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए । आफूहरुले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनले गुनासो गरे ।

“गत पुष ५ गतेको प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय त्यो भयानक ठूलो षड्यन्त्र थियो । नेपालका आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिम, महिला सबैले पाएको अधिकार पनि खोस्ने र पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने अनि उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र थियो,” उनले भने, ‘तपाई हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, संघीयता, पहिचान र स्वतन्त्रताको कुरा ग¥यो भने हामीलाई जातिवादीको बिल्ला भिराउने अनि आफू चाहिँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ ।’

त्यसैगरी जनताले ल्याएको संघीयता र गणतन्त्र प्राप्त अधिकार खोस्नलाई माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उनको भनाइ थियो ।

यतिबेला मुलुकलाई संघीय राज्य बनाउने कि पुनः यथास्थितिमा राज्य निर्माणलाई फर्काउने वर्तमान सरकारको भूमिका नै शंकास्पद भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;