सहारा नेपालद्वारा नारी संचार गृहको अक्षयकोषमा १ लाख सहयोग

,   लिम्बुवान न्युज
                       

बिर्तामोड । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहारा नेपाल (साकोस) ले एक लाख रूपैयाँ सहयोग गरेको छ ।

झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा साकोशले विहिबार आफ्नै कार्यालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सहारा नेपालमा कार्यरत महिला कर्मचारीको टोलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सहसचिव शुशिला संग्रौलासहितको टोलीलाई चेक हस्तान्तरण गरेको सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिईन्।

संस्थाका प्रबन्ध निर्देशक महेन्द्र गिरीका अनुसार सहारा नेपालमा आवद्ध कर्मचारीका बार्षिक रुपमा एकदिनको तलब बराबरको रकम संकलन गरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सो अवसरमा नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटीले सञ्चार गृहको अक्षयकोषको उद्देश्यबारे थप प्रकास पार्दै धन्यवाद सहित २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग २० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिएकी थिईन् ।

पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;