सहारा नेपालद्वारा नारी संचार गृहको अक्षयकोषमा १ लाख सहयोग

 लिम्बुवान न्युज
                       

बिर्तामोड । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहारा नेपाल (साकोस) ले एक लाख रूपैयाँ सहयोग गरेको छ ।

झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा साकोशले विहिबार आफ्नै कार्यालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सहारा नेपालमा कार्यरत महिला कर्मचारीको टोलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सहसचिव शुशिला संग्रौलासहितको टोलीलाई चेक हस्तान्तरण गरेको सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिईन्।

संस्थाका प्रबन्ध निर्देशक महेन्द्र गिरीका अनुसार सहारा नेपालमा आवद्ध कर्मचारीका बार्षिक रुपमा एकदिनको तलब बराबरको रकम संकलन गरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सो अवसरमा नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटीले सञ्चार गृहको अक्षयकोषको उद्देश्यबारे थप प्रकास पार्दै धन्यवाद सहित २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग २० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिएकी थिईन् ।

पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;