कियाचूको हिलिहाङ अध्यक्षमा टेकराज योङहाङ्

 लिम्बुवान न्युज
                       

फेदेन। किरात याक्थुङ चुम्लुङ् हिलिहाङ गाउँपालिका शाखा अधिवेशन सम्पन्न भएको छ । टेकराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

आज सम्पन्न शाखाको पहिलो अधिवेशनले अध्यक्ष योङहाङसँगै उपाध्यक्षमा सम्झना योङहाङ, सचिवमा मानबहादुर हाङसरुम्बा, सह–सचिवमा जिना सुहाङ, कोषाध्यक्षमा शेरबहादुर केरुङ चयन भएका छन् भने सदस्यहरुमा क्रमशः राजेन्द्र लिङ्देन, अनिल हेम्ब्या, अमृत लिङदेन, केशर माङयुङ, आरती लिङदेन, रामचन्द्र माङयुङ, हेमराज योङहाङ, शेरबहादुर योङया, चित्रहाङ योङहाङ, सविना पन्धाक, चन्द्रमान योङहाङ र पूर्ण यवा चुनिएका छन् ।

हिलिहाङ ५ र ६ को संगम स्थल चतुरे बजारमा भएको भेलाले नयाँ कार्य समिति गठन भएको पान्थरका सामाजिक व्यक्तित्व सागर केरुङ्ले जनाएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...