शहीद मनिल तामाङको १३औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो

 लिम्बुवान न्युज
                       

दमक। समानुपातिक चुनाव प्रणालीको माग गर्ने क्रममा झापाको धुलाबारी क्याम्पसमा २०६५ चैत्र ६ गते शहिद हुनुभएका शहीद मनिल तामाङको १३औं स्मृति दिवस संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान मञ्च, नेपालले विविध कार्यक्रम गरि मनाएको छ ।

दायाँबाट क्रमशः मञ्चका महासचिव यलम्बर खम्बु, शहीद तामाङका बुबा–आमा

दमक

मञ्चले लिम्बुवानको नौ वटै जिल्लाहरुमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको मञ्चका प्रान्तीय महासचिव संगम खनालले जनाएका छन् । आज संघीय विद्यार्थी युनियनले झापा दमक बहुमुखी क्याम्पसको सभाहलमा संघीय अध्यक्ष सेसेहाङ् चोङबाङको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थी नेता सजन याक्खा र मोहन माबोको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी नेता मनिल तामाङले संघीयता र समानुपातिक शिक्षा प्रणाली लागू गर्नु पर्छ भन्ने संघीयवादी विद्यार्थी आन्दोलनको क्रममा राष्ट्रिय शहीद हुुन भएकोमा वहाँको सम्मानको चर्चा गरिएको थियो ।

ताप्लेजुङ

आज पान्थरको फेदेन, ताप्लेजुङको फुङलिङ, इलामको महेन्द्र बहुमुखी क्याम्पस लगायत स्थानहरुमा समित श्रद्धाञ्जलि कार्यक्रम भएको सूचना प्राप्त भएको छ ।

पान्थर

यसैगरी आज शहिद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको अगुवाईमा पृथ्वीनगर ज्ञाने चोकमा रहेको तामाङ्को समाधिस्थलमा बौद्ध तामाङ् परम्परा अनुसार लामाबाट पुजा गरि शहीद तामाङ्को १३औं स्मृतिमा १ मिनेट मौनधारण गरि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्ले अब चाडै नै शहीदको शालिक निर्माणमा मञ्च अगाडि बढेको बताएका छन् । मञ्च निरन्तर आन्दोलनरत भएको हुँदा हामीले काम गर्न ढिलाई भएको भन्दै प्रतिष्ठानको समन्वयमा अब स्थानीय पृथ्वी नगर आसपास वा धुलाबारी क्याम्पस परिसर भित्र जहाँ भए पनि तामाङको शालिक बन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिष्ठानका सदस्य किरण लिङदेनको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा मञ्चका महासचिव यलम्बर खम्बु, युवा नेताहरु लिचन थेवे, बसन्त लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;