दमक चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ को मृत्यु, चार घाईते

,   लिम्बुवान न्युज
                       

दमक। झापाको दमक स्थित चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । अन्य चार जना घाईते भएका छन् ।

आज साँझ ५ बजे भएको सो दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २४ का अनिस कोईरालाको मृत्यु भएको हो । पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार कोईरालाको मृत्यु भएको हो ।

उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिएका छन् । सोही मोटरसाईकलमा सवार सोही वार्डका २३ बर्षका निरन बस्नेत र १८ बर्षका हर्षीत बास्तोला गंभीर घाईते भएका छन् ।

उनीहरुको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि विर्तामोडको बि एण्ड सी अस्पताल लगिएको छ । त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्को को २८ प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन् ।

उनीहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;