मिक्लाजुङ प्रदेश नम्बर १ को संस्थागत स्वमूल्याङकनमा स्थानीय तहको पहिलो नम्बरमा

 लिम्बुवान न्युज
                       

पाँचथरः मिक्लाजुङ गाउँपालिका स्थानीय तहको संस्थागत स्वमुल्यांङनमा ६९.७५ प्रतिशत अङ्क प्राप्त गर्दै हालसम्म स्वमुल्यांकन सार्वजनिक हुने १ नम्बर प्रदेशका स्थानीय तहमा पहिलो बनेको छ ।

देश भरका स्थानीय तहमा शुरू भएको गोष्ठीमा पाँच वटा स्थानीय तहले अन्तिम नतिजा सार्वजनिक गरेका छन् । चैत ८ गते सम्म नतिजा प्रकाशन गर्ने पालिकाहरुमा पाँचौं भएको छ भने १ नम्बर प्रदेशमा तेस्रो साथै प्राप्त नजितामा १ नम्बर प्रदेशमा प्रथम र नेपालमा द्वितिय स्थान हाँसिल गरेको प्रदेश नम्बर १ प्रदेश प्रशिक्षण केन्द्र,कलवलगुरी झापाका सहजकर्ता नारायण कोइरालाले जानकारी दिए ।

स्थानीय तह संस्थागत स्वमुल्यांङ्कनले सम्बन्धित स्थानीय तहको चुनौती र अवसरहरूको पहिचान गरी कार्यक्षमता अभिवृद्धि गर्न मद्दत पु¥याउने उदेश्यले यसै आर्थिक वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,२०७७ तर्जुमा गरी अनिवार्य कार्यान्वयनको लागि देश भरका सात सय ५३ वटा स्थानीय तहमा चैत महिना भित्र कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ ।

यसैबीच मिक्लाजुङ गाउँपालिकामा चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रशिक्षण केन्द्रका प्रशिक्षक कोइराला र बावुनन्द मेहताद्वारा सहजीकरण गरिएको थियो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनबाट शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयगत क्षेत्रमा जम्मा १०० वटा सूचकहरू रहेका छन् । ती सूचकहरूलाई हरेक विषय क्षेत्रमा समग्र अवस्था, प्रक्रियागत अवस्था र परिमाणात्मक अवस्था गरी तीन तहमा व्यवस्थित गरि यसैको आधारमा अङ्क प्राप्त हुने बारे प्रशिक्षण गराइएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;