मिक्लाजुङ प्रदेश नम्बर १ को संस्थागत स्वमूल्याङकनमा स्थानीय तहको पहिलो नम्बरमा

 लिम्बुवान न्युज
                       

पाँचथरः मिक्लाजुङ गाउँपालिका स्थानीय तहको संस्थागत स्वमुल्यांङनमा ६९.७५ प्रतिशत अङ्क प्राप्त गर्दै हालसम्म स्वमुल्यांकन सार्वजनिक हुने १ नम्बर प्रदेशका स्थानीय तहमा पहिलो बनेको छ ।

देश भरका स्थानीय तहमा शुरू भएको गोष्ठीमा पाँच वटा स्थानीय तहले अन्तिम नतिजा सार्वजनिक गरेका छन् । चैत ८ गते सम्म नतिजा प्रकाशन गर्ने पालिकाहरुमा पाँचौं भएको छ भने १ नम्बर प्रदेशमा तेस्रो साथै प्राप्त नजितामा १ नम्बर प्रदेशमा प्रथम र नेपालमा द्वितिय स्थान हाँसिल गरेको प्रदेश नम्बर १ प्रदेश प्रशिक्षण केन्द्र,कलवलगुरी झापाका सहजकर्ता नारायण कोइरालाले जानकारी दिए ।

स्थानीय तह संस्थागत स्वमुल्यांङ्कनले सम्बन्धित स्थानीय तहको चुनौती र अवसरहरूको पहिचान गरी कार्यक्षमता अभिवृद्धि गर्न मद्दत पु¥याउने उदेश्यले यसै आर्थिक वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,२०७७ तर्जुमा गरी अनिवार्य कार्यान्वयनको लागि देश भरका सात सय ५३ वटा स्थानीय तहमा चैत महिना भित्र कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ ।

यसैबीच मिक्लाजुङ गाउँपालिकामा चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रशिक्षण केन्द्रका प्रशिक्षक कोइराला र बावुनन्द मेहताद्वारा सहजीकरण गरिएको थियो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनबाट शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयगत क्षेत्रमा जम्मा १०० वटा सूचकहरू रहेका छन् । ती सूचकहरूलाई हरेक विषय क्षेत्रमा समग्र अवस्था, प्रक्रियागत अवस्था र परिमाणात्मक अवस्था गरी तीन तहमा व्यवस्थित गरि यसैको आधारमा अङ्क प्राप्त हुने बारे प्रशिक्षण गराइएको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...