संघीय मञ्च तामाङसालिङकाे जुगल हिमालकाे काखमा पुग्याे

 लिम्बुवान न्युज
                       

सिन्धुपाल्चोक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालिङको जुगल ३ गुम्बास्थान पुगेको छ । ३ सय बर्ष अघि देखि बस्दै आएका लालुम्बा जातिहरुको बसोबास रहेको गुम्बास्थानमा मञ्चले राजनीतिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

जुगल हिमालको काखमा रहेको गुम्बास्थानमा शनिबार मञ्चको मेचीकाली अभियान अन्तर्गत तामाङसालिङ मञ्चको आयोजनामा वृहत राजनीतिक अन्तरक्रिया कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष लिङदेनले १५ बर्ष देखि संघीयता, पहिचान र सह–अस्तित्व प्राप्तिको आन्दोलनमा लढिरहेको मञ्च पूर्व लिम्बुवानबाट उदाएर पश्चिम खसानसम्म पुग्ने यात्रामा रहेको बताए । त्यसैगरी तामाङसालिङले अभियानको रुपमा निरन्तर कार्यक्रमहरु गरिरहेकोमा खुशी व्यक्त गर्दै अबको राष्ट्रिय राजनीतिमा संघीय मञ्चले नेपालको राजनीतिमा नयाँ तरङ्गल्याने छ । अध्यक्ष लिङ्देनले भने ।

सो कार्यक्रममा बोल्दै तामाङ् र शेर्पा भन्दा फरक जाती लालुम्बा जातीहरुको बसोबास रहेको उक्त क्षेत्रलाई लालुम्बा स्वायत्त क्षेत्र समेत घोषणा गर्न संघीय तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामाले आग्रह गरेका छन् ।

सांगीतिक कार्यक्रम सहित भएको सो राजनीति भेटघाटले मञ्चलाई गाउँगाउँ पुग्न मद्दत पुगेको संघीय अर्थ सचिव विष्णु यक्सो बताउँछन् । कार्यक्रममा लिम्बुवान प्रान्तीय महासचिव थाङसाङ लावती, संघीय सदस्यहरु चन्द्र कन्दङवा, सुर्य लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

संघीय मञ्चलाई राष्ट्रिय पार्टीको रुपमा स्थापना गर्न मञ्चको १०+१ प्रान्त अन्तर्गत तामाङसालिङ मञ्चले आफ्नो सबै जिल्लाहरुमा यसरी नै निरन्तर संगठन विस्तार गर्दै जाने तामाङसालिङ मञ्चका अध्यक्ष लामाले बताए ।

त्यसैगरी आइतबार भोटेकोशी गाउँपालिकाको वडा १ मा पनि संघीय तामाङसालिङ मञ्चले अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चले आफ्नो राजनीतिक एजेण्डा पुस्तिका जनताको घर घर पु¥याउने कार्यक्रम अनुसार सो कार्यक्रम आयोजना गरेको हो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...