कियाचु झापाद्वारा दमकमा राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङले राष्ट्रिय जनगणना २०७८लाई लक्षित गरेर पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान तीव्र पारेको छ ।

किरात धर्म अनुनायी तथा जातिय संघसंस्थाहरुको समन्वयमा चुम्लुङले पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान शुरु गरेको हो । यसैक्रममा चुम्लुङ झापाले सोमबार दमकमा संगठन तथा राष्ट्रिय जनगणना प्रशिक्षणकार्यक्रम सम्पन्न गरेको छ ।

चुम्लुङको दमक नगरसमितिको व्यवस्थापनमा भएको उक्त प्रशिक्षण कार्यक्रममा चुम्लुङका अग्रजहरुले आसन्न राष्ट्रिय जनगणनामा आफनो जाति, धर्म पहिचान स्थापित गराउन सबै जुट्नु पर्ने उल्लेख गरे । चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले चुम्लुङको सांगठानिक अवस्थाका बारेमा जानकारी दिनुका साथै जनगणनालाई प्रभावकारी वनाउन जातिको महलमा लिम्बू, धर्मको महलमा किरात र भाषाको महलमा लिम्बू लेखाउन आग्रह गरेका थिए ।

त्यस्तै, चुम्लुङका केन्द्रीय उपाध्यक्ष डाक्टर कमल तिगेलाले लिम्बू जातिको जातिय तथा भाषा,धर्म जोगाउन चुनौती आएको उल्लेख गरे । उनले राष्ट्रिय जनगणनामा लिम्बूले आफनो पहिचान अनुसार जातिको महलमा लिम्बू, धर्मको महलमा किरात धर्म लेख्न,लेखाउन अभियान सञ्चालन गर्नुपर्ने खाँचो रहेको औल्याए ।

चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य अभिषेक येक्तेन, याम योङहाङ , केन्द्रीय सदस्य बिष्णु देवी चेम्जोङ, राष्ट्रिय सदस्य गुमानसिङ सम्बाहाङफे, प्रदेश सदस्य इक्सा सम्बाहाङफे, पूर्व उपाध्यक्ष धिरेन लाओती लगायतको उपस्थिति रहेको थियो ।

चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङले स्वागत मन्तव्य तथा सञ्चालन चुम्लुङ जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेको सो अन्तरकृयात्मक प्रशिक्षण कार्यक्रम जिल्लाको माइपश्चिम क्षेत्रका गाउँ,नगर शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसअघि किरात याक्थुङ् चुम्लुङ झापाले आइतवार विर्तामोडस्थित जिल्ला कार्यालयमा पनि चुम्लुङ संगठन र जनगणना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा चुम्लुङ् केन्द्रीय अध्यक्ष वनेम र चुम्लुङ् सचिवालय सदस्य तथा लिम्बू सांस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोविन्द आङ्बुहाङ्ले संगठन र जनगणना सम्बन्धमा सहजीकरण गरेका थिए । आसन्न १२औं राष्ट्रिय जनगणनामा लिईने धर्म तथा जातिको महलमा आफनो प्रतिनिधित्वलाई समावेश गराउने जोड दिने उद्देश्यले केन्द्रीय कार्यक्रम अनुसार जिल्लाको विर्तामोड र दमकमा सो कार्यक्रमको आयोजना गरिएको चुम्लुङ जिल्ला अध्यक्ष फियाकले वताएका छन् ।

चुम्लुङकी केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङका अनुसार सो अभियान यतिखेर पूर्वी लिम्बूवानी क्षेत्रमा धमाधम जनचेतनामूलक अभियान भईरहेका छन् । राष्ट्रिय जनगणना नजिकिएसंगै चुम्लुङ लिम्बु बाहुल क्षेत्रमा धर्मको महलमा किरात धर्म लेख्न अभियान सञ्चालनमा रहेको उनले वताईन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...