गणेश मावो लिम्बुवान भोलेन्टियर्स ताप्लेजुङ् जिल्ला कमाण्डको संयोजकमा चुनिए

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको संगठन ‘लिम्बुवान भोलेन्टियर्स’(एलभी)हरुको जिल्ला भेलाबाट गणेश माबोको संयोजकत्वमा ३५ सदस्यीय ताप्लेजुङ जिल्ला एलभी कमान्ड गठन गरिएको छ ।

संघीय लिम्बुवान मञ्चका प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यता तथा प्रान्तीय सचिव तथा एल.भी. कार्यबहाक कमाण्डर राजु राईको विशेष आतिथ्यतामा आज ताप्लेजुङको फुङलिङमा कमाण्ड गठन भएको हो ।

जिल्ला संयोजक माबोको कमाण्डमा गठित फिल्डकमाण्डरहरुमा सन्तोष तबेवुङ लिम्बु, सुरेश इधिङ्गो, विष्णु ताम्लिङ, विजय लिङ्देन, सन्तोष लिङदेन, लोकेन्द्र ताम्लिङ, नरेन्द्र राई र पूर्ण खिम्दिङ् लगायत सदस्यहरू रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङ, प्रान्तीय सदस्य रिता मादेन, लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सिनियर उप–कमाण्डर गणेश मिभक, जिल्ला उपाध्यक्ष प्रताप लिम्बू, जिल्ला सचिव अशोक मादेन लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;