कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार एक ठाउँ उभिन्ने

 लिम्बुवान न्युज
                       

सुनसरी/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा कांग्रेस इतिहास बोकेको कोइराला परिवार एकभएर जाने भएका छन । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रममा डा. शेखर कोइराला, शंशाक कोइराला र सुजता कोइरालाले कोइराला परिवार १४ औं महाधिवेशनमा एक भएर जाने उद्घोष गरेका हुन् ।

पछिल्लो समय कोइराला परिवारबाट राजनीतिमा सक्रिय रहेका तीनै जना नेताहरुले एउटै मञ्चबाट त्यस्तो उदघोष गरेपछि कांग्रेस वृत्तमा त्यसले नयाँ बहस शुरुभएको छ । आउँदो १४औ महाधिवेशनमा तीनै जनाले कोइराला परिवारबाट एक मात्र सभापतिको उम्मेदवार हुने पनि बताइसकेका छन् ।

महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताए । उनले कोइराला परिवारका नेता एक ठाउँमा रहेको र महाधिवेशनमा पनि मिलेर अघि बढ्ने बताए । शशांकले कोइराला परिवारबीच कुनै समस्या आउन नदिन भूमिका खेल्ने पनि प्रष्ट पारे ।

नेता शेखर कोइरालाले भाइ शशांक र बहिनी सुजातालाई हेर्दै १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताएका थिए । १४ औं महाधिवेशनमा सभापतिको लागि तयारी गर्दै १३ औ महाधिवेशन पछि डाक्टर शेखर देश दौडाहामा छन् । त्यसरी नै नेतृ सुजाता कोइरालाले कार्यकर्ताको भावना बमोजिम सहकार्य र सहमत्तिबाट कोइराला परिवार अगाडी बढने बताइन् ।

कोइराला परिवारको विरासत थाम्न नसकेको भन्दै आलोचना खेपिरहेका त्रय नेताहरुको यो उदघोष्ले कांग्रेसमा नयाँ सन्देश जाने नेताहरुले स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;