कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार एक ठाउँ उभिन्ने

,   लिम्बुवान न्युज
                       

सुनसरी/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा कांग्रेस इतिहास बोकेको कोइराला परिवार एकभएर जाने भएका छन । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रममा डा. शेखर कोइराला, शंशाक कोइराला र सुजता कोइरालाले कोइराला परिवार १४ औं महाधिवेशनमा एक भएर जाने उद्घोष गरेका हुन् ।

पछिल्लो समय कोइराला परिवारबाट राजनीतिमा सक्रिय रहेका तीनै जना नेताहरुले एउटै मञ्चबाट त्यस्तो उदघोष गरेपछि कांग्रेस वृत्तमा त्यसले नयाँ बहस शुरुभएको छ । आउँदो १४औ महाधिवेशनमा तीनै जनाले कोइराला परिवारबाट एक मात्र सभापतिको उम्मेदवार हुने पनि बताइसकेका छन् ।

महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताए । उनले कोइराला परिवारका नेता एक ठाउँमा रहेको र महाधिवेशनमा पनि मिलेर अघि बढ्ने बताए । शशांकले कोइराला परिवारबीच कुनै समस्या आउन नदिन भूमिका खेल्ने पनि प्रष्ट पारे ।

नेता शेखर कोइरालाले भाइ शशांक र बहिनी सुजातालाई हेर्दै १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताएका थिए । १४ औं महाधिवेशनमा सभापतिको लागि तयारी गर्दै १३ औ महाधिवेशन पछि डाक्टर शेखर देश दौडाहामा छन् । त्यसरी नै नेतृ सुजाता कोइरालाले कार्यकर्ताको भावना बमोजिम सहकार्य र सहमत्तिबाट कोइराला परिवार अगाडी बढने बताइन् ।

कोइराला परिवारको विरासत थाम्न नसकेको भन्दै आलोचना खेपिरहेका त्रय नेताहरुको यो उदघोष्ले कांग्रेसमा नयाँ सन्देश जाने नेताहरुले स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;