डाँफे बचत तथा ऋण सहकारीमा दुई सहकारी समायोजन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। दमक ५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थासँग बिर्तामोडका दुई वटा सहकारी एकीकरण गरिएको छ । विर्तामोड ४ मा सञ्चालित अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड ५ मा सञ्चालित त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्थाले डाँफेसंग एकीकरण गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा बुधबार बिर्तामोडमा आयोजित एकीकरण घोषणा गरिएको हो । सहकारीहरुबीचको एकीकरणले ‘सिनर्जी’ पैदा गरिरहेको बताउँदै अध्यक्ष कडेलले सदस्यको चौतर्फी आवश्यकता सम्बोधन गर्न एकीकरणको विकल्प नरहेको प्रष्ट पारे ।

सहकारीहरुको एकीकरण विश्वव्यापी अभ्यास भएको पनि कडेलले उदाहरणसहित जानकारी गराए । तीनवटै संस्थाका अध्यक्षले सहकारी एकीकरण वर्तमानको आवश्यकता भएको बताए । एकीकरण पछि डाँफे साकोस नै नामाकरण गरिने सहमति भएको डाँफे शाकोस संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले बताए ।

उनले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट एकीकरणको स्वीकृति लिएर कारोबार पनि एकीकृत हुन थालेको घोषणासभामा जानकारी गराए । २०६४ सालमा स्थापना गरिएको जिल्लाभर कार्यक्षेत्र स्वीकृत रहेको डाँफे साकोसको दमकमा मुख्य कार्यालय छ भने गौरादह, धरमपुर र बुद्धशान्तिमा यसअघिदेखि सेवा केन्द्र सञ्चालनमा आएका थिए ।

बिर्तामोडका दुईवटा सहकारीहरुसँग एकैपटक एकीकरण गरेसँगै यहाँ पनि सेवा केन्द्र थालिएको जानकारी गराउँदै अध्यक्ष न्यौपानेले अब संस्थामा ६ हजार हाराहारी शेयर सदस्य पुगेको बताए । ‘डाँफे एक्लैको ५५ करोड २९ लाखको वासलात थियो’ अध्यक्ष न्यौपानेले थपे ‘त्रिशक्तिको २ करोड हाराहारी र अरनिकोको १ करोड ४५ लाख थपिएपछि अब ६० करोड हाराहारीको वासलात पुगेको छ ।’

संस्था एकीकरण घोषणा समारोहमा त्रिशक्ति बहुउद्दश्यीय सहकारीका अध्यक्ष देवीप्रसाद भट्टराईले शेयर सदस्यको वित्तीय आवश्यकता पूरा गर्न र सुनिश्चित भविष्यको लागि डाँफेसँग एकीकरण गरेको बताए ।

यस्तै अरनिको साकोसका अध्यक्ष रोहित भट्टराईले ‘सहकारी आन्दोलनलाई थप सशक्त एवम् गतिशील बनाउन वर्तमानमा रहेका सानो वित्तीय सेवा गर्ने सहकारीहरु एकीकरण गर्नु नै उत्तम विकल्प भएको सञ्चालक समितिको निश्कर्ष पछि आजको दिन आएको’ प्रष्ट पारे ।

डाँफे सहकारीका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौला, राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगाल लगायतले सहकारी एकीकरणको आवश्यकता र सार्थकताका बारेमा बोलेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...