नेपाल थ्री नेसन्स कप फूटबलको फाइनलमा

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १४ चैत्र । बंगलादेशसँग गोल रहति बराबरी खेल्दै नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग बराबरी खेलेको हो ।

नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ । पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

नेपालले गोल नगरेको यो छैटौं अन्तर्राष्ट्रिय खेल हो । पछिल्लो पटक नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध २–० को जित हात पार्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । त्यसयता नेपालले गोल गर्न नसकेको ५६८ मिनेट भएको छ ।

दशरथ रंगशालमा किर्गिस्तानविरुद्ध खेलेको भन्दा सुधारिएको प्रदर्शन गरेपनि नेपालले गोल गर्न सकेन । नेपालले सुरुवाती दश मिनेट बलमा पकड जमाएपनि पहिलो एटेम्टका लागि २० मिनेट कुर्नुप¥यो । त्रिदेव गुरुङले उपलब्ध गराएको क्रसमा २१औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट हानेको फ्रि हेडर पोष्टमाथिबाट बाहिरियो ।

३७औं मिनेटमा बंगलादेशका इमोनको हेडर दिनेश राजवंशीले गोललाइन अगाडिबाट क्लियर गरेका थिए । ४०औं मिनेटमा कप्तान जमल भुयनले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको हेडरले पोष्टको दिशा लिन सकेन भने ८२औं मिनेटमा दर्शक गुरुङ चुके ।

तीन नयाँ अनुहारको अन्तर्राष्ट्रिय डेब्यु

बंगलादेशविरुद्ध खेल्दै नेपालका तीन खेलाडीले आधिकारिक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन् । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानको ओलम्पिक टिमविरुद्ध खेलेकै टिमलाई बंगलादेशविरुद्ध निरन्तरता दिएका थिए । मिडफिल्डरद्वय सन्जोग राई र त्रिदेव गुरुङले सुरुवाती रोजाइमा खेल्दै पहिलो पटक आधिकारिक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे ।

यसअघि किर्गिस्तानविरुद्ध खेले पनि त्यो आधिकारिक अन्तर्राष्ट्रिय खेल थिएन । यस्तै निशान खड्काले दोस्रो हाफमा मैदान प्रवेश गर्दै आधिकारिक खेलमा डेब्यु गरे । अघिल्लो खेलमा पनि अन्तिम समयमा मैदान प्रवेश गरेका निशान ७१औं मिनेटमा रन्जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै आधिकारिक खेलमा डेब्यु गरे ।

बंगलादेशबाट पनि दुई खेलाडी इमोन र मेहदी हसनले डेब्यु गरेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;