महासंघको निर्वाचनमा प्रेस मञ्च नेपालको ९ पदमा उम्मेद्वारी दर्ता

,   लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने निर्वाचनमा प्रेस मञ्च नेपालले केन्द्रीय निर्वाचन अन्तर्गत विभिन्न ९ पदमा मनोनयन दर्ता गरेको छ ।

शनिबार सम्पन्न उम्मेद्वारी मनोनयनमा जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस मञ्च नेपालले समावेशी उपाध्यक्ष सहित विभिन्न पदमा उम्मेद्वारी दिएको अध्यक्ष केशव अर्यालले जानकारी दिए ।

मञ्चले समावेशी उपाध्यक्ष (मधेसी) तर्फ अवधेश झालाई उम्मेद्वार उठाएको हो भने आदिवासी जनजाति सचिवमा शाहीमान राईलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै मधेसी केन्द्रीय सदस्यमा विरेन्द्र केएम, आदिवासी जनजाति केन्द्रीय सदस्यमा विजय चाम्लिङ, प्रदेस १ केन्द्रीय सदस्यमा दिपेन्द्र रुम्दाली उम्मेद्वार बनेका छन् ।

त्यस्तै प्रदेश २ केन्द्रीय सदस्यमा सुरेशकुमार यादव, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा आशिष गुप्ता, उपत्यका केन्द्रीय सदस्यमा विदुर ढुंगेल र खुला केन्द्रीय सदस्यमा शिव बस्नेतले मनोनयन दर्ता गराएको नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले पुष्टि गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति ४९ सदस्य रहने विधानमा प्रवधान रहेको छ । यसमा मञ्चले ९ पदमा मनोनयन गरेको मञ्चका उपाध्यक्ष कमन देवानले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;