महासंघको निर्वाचनमा प्रेस मञ्च नेपालको ९ पदमा उम्मेद्वारी दर्ता

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने निर्वाचनमा प्रेस मञ्च नेपालले केन्द्रीय निर्वाचन अन्तर्गत विभिन्न ९ पदमा मनोनयन दर्ता गरेको छ ।

शनिबार सम्पन्न उम्मेद्वारी मनोनयनमा जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस मञ्च नेपालले समावेशी उपाध्यक्ष सहित विभिन्न पदमा उम्मेद्वारी दिएको अध्यक्ष केशव अर्यालले जानकारी दिए ।

मञ्चले समावेशी उपाध्यक्ष (मधेसी) तर्फ अवधेश झालाई उम्मेद्वार उठाएको हो भने आदिवासी जनजाति सचिवमा शाहीमान राईलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै मधेसी केन्द्रीय सदस्यमा विरेन्द्र केएम, आदिवासी जनजाति केन्द्रीय सदस्यमा विजय चाम्लिङ, प्रदेस १ केन्द्रीय सदस्यमा दिपेन्द्र रुम्दाली उम्मेद्वार बनेका छन् ।

त्यस्तै प्रदेश २ केन्द्रीय सदस्यमा सुरेशकुमार यादव, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा आशिष गुप्ता, उपत्यका केन्द्रीय सदस्यमा विदुर ढुंगेल र खुला केन्द्रीय सदस्यमा शिव बस्नेतले मनोनयन दर्ता गराएको नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले पुष्टि गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति ४९ सदस्य रहने विधानमा प्रवधान रहेको छ । यसमा मञ्चले ९ पदमा मनोनयन गरेको मञ्चका उपाध्यक्ष कमन देवानले बताएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;