राप्रपा दमक र भद्रपुरको नयाँ नेतृत्व

 लिम्बुवान न्युज
                       

दमक, १५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार दमक ७ मा पार्टीका नगर अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षता र पार्टी नेता एवं १ नम्बर प्रदेश समिति अध्यक्ष राम थापाको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य राजेश गिरीको विशेष आतिथ्यमा भएको अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा नगर समितिको नयाँ नेतृत्व चयन गरेको हो ।

पार्टी विधान अनुसार नगर समितिमा राम थापा, लक्ष्मीप्रसाद संग्रौला, बासुदेव भट्टराई, सन्तोष राई, ताराप्रसाद अधिकारी, राज कुमार योङ्या, बिजय बराल, कृष्णमाया थापा, प्रकाश वस्नेत, गुणराज घिमिरे, गोविन्द बोहोरा,राजु बुढाथोकी, घनश्याम ढकाल, भरत खड्का, यशुराज दाहाल, याम बहादुर अधिकारी, तेज प्रसाद खरेल, नेत्र प्रसाद चम्लागाई, गोपाल गिरी, कुमार निरौला, चन्द्र बहादुर थापा, टिकाराम खरेल, भीष्म प्रताप भण्डारी, नीर बहादुर कटुवाल, प्रेम कुँवर, टंक सिटौला, अर्जुन कृष्ण रेग्मी, निराजन भट्टराई र जय प्रसाद धिमाल (जीवन) रहेका छन । पार्टी बिधानमा नगर समिति भन्दा माथिल्लो पदहरुमा योग्य हुनका लागि अनिवार्य नगर र गाउँ समिति भित्र रहेको हुनुपर्ने व्यवस्था रहेको पार्टीका निवर्तमान नगर अध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिए ।

सो अवसरमा पार्टीलाई स्थापना कालदेखि योगदान पुरयाउने अग्रज नेता कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी भद्रपुरमा भएको अधिवेशनले अधिवेशनले पुन राधा कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । राप्रपा नगर समितिको पार्टी एकता अधिवेशनले आगामी कार्यकालका लागि कार्कीलाई पुनः नगर अध्यक्षमा चयन गरेको हो ।

राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौला, केन्द्रीय सदस्य देवीरमण भट्टराई, सुशिला बस्नेत, प्रदेश सदस्य महेन्द्र लावती, जिल्ला सचिव केशव ओझा, जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढीले राप्रपामा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...