नेपाललाई ३७ बर्ष पछि फुटबलमा उपाधि

,   लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीले दशरथ अन्तराष्ट्रिय रंगशालामा ३७ वर्षपछि ऐतिहासिक फुटबल उपाधि जितेको छ । सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपालले घरेलु मैदानमा तीन दशक भन्दा लामो समयपछि उपाधि जितेको हो ।

नेपालले पछिल्लो पटक दशरथ रंगशालामा सन् १९८४ मा दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हाल दक्षिण एसियाली खेलकुद(साग) को फाइनलमा बंगलादेशलाई नै ४–२ ले हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । त्यसपछि १९९९ आठौं साफको फाइनलमा पनि नेपाल र बंगलादेशबीच नै फाइनल भएको थियो । त्यति बेला भने बंगलादेशले बाजी मारेको थियो । आठौं साफ सम्म राष्ट्रिय टोलीले नै खेल्ने प्रावधान थियो । साफको नवौं संस्करणबाट यू–२३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । दसौंबाट साफको नाम परिवर्तन गरि दक्षिण एसियाली खेलकुद (साग) नामाकरण गरिएको थियो । गत वर्ष दशरथ रंगशालामा नै नेपालको यू–२३ ले भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । तर त्यो उमेर समूहको उपाधि हो ।

३७ वर्षमा सबै तीन वटा फाइनल नेपालले बंगलादेशविरुद्ध नै खेलेको थियो । आठौं साफपछि यी दुई टोली फेरि एकपटक थ्री नेसन्स कपको फाइनलमा एक अर्काविरुद्ध उत्रेका हुन् । यद्दपी साफको उपाधिसँग थ्री नेसन्सको उपाधि भने तुलना गर्न मिल्दैन । साफ दक्षिण एसियाका सदस्य राष्ट्रबीचको सबै भन्दा ठूलो खेल मेला हो । यसपटक थ्री नेसन्समा नेपाल र बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यू २३ टोलीको सहभागिता रहेको थियो ।

समूह चरणमा एक गोल नगरि फाइनल पुगेको नेपालले फाइनलमा सानदार प्रदर्शनका साथ उपाधि जितेको हो । नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । बंगलादेशलाई ८२ औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै २–१ को अवस्थामा पुर्याएका थिए ।

विजेता नेपालले पाँच हजार डलर र उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेका छन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुरस्कार हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय खेलाडी बिराज महर्जनले अन्तराष्ट्रिय खेलबाट शन्यास लिएका छन् । खेल जीवनमा विराजको ७३ औं क्याप हो । नेपालका अन्य खेलाडीले यतिको संख्यामा क्याप खेलेका छैनन् । उपाधीसँगै विराजलाई अन्तराष्ट्रिय खेलबाट विदाई गर्न पाउँदा आफू खुशी भएको नेपालका नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङ्ले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;