नेपाललाई ३७ बर्ष पछि फुटबलमा उपाधि

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीले दशरथ अन्तराष्ट्रिय रंगशालामा ३७ वर्षपछि ऐतिहासिक फुटबल उपाधि जितेको छ । सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपालले घरेलु मैदानमा तीन दशक भन्दा लामो समयपछि उपाधि जितेको हो ।

नेपालले पछिल्लो पटक दशरथ रंगशालामा सन् १९८४ मा दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हाल दक्षिण एसियाली खेलकुद(साग) को फाइनलमा बंगलादेशलाई नै ४–२ ले हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । त्यसपछि १९९९ आठौं साफको फाइनलमा पनि नेपाल र बंगलादेशबीच नै फाइनल भएको थियो । त्यति बेला भने बंगलादेशले बाजी मारेको थियो । आठौं साफ सम्म राष्ट्रिय टोलीले नै खेल्ने प्रावधान थियो । साफको नवौं संस्करणबाट यू–२३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । दसौंबाट साफको नाम परिवर्तन गरि दक्षिण एसियाली खेलकुद (साग) नामाकरण गरिएको थियो । गत वर्ष दशरथ रंगशालामा नै नेपालको यू–२३ ले भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । तर त्यो उमेर समूहको उपाधि हो ।

३७ वर्षमा सबै तीन वटा फाइनल नेपालले बंगलादेशविरुद्ध नै खेलेको थियो । आठौं साफपछि यी दुई टोली फेरि एकपटक थ्री नेसन्स कपको फाइनलमा एक अर्काविरुद्ध उत्रेका हुन् । यद्दपी साफको उपाधिसँग थ्री नेसन्सको उपाधि भने तुलना गर्न मिल्दैन । साफ दक्षिण एसियाका सदस्य राष्ट्रबीचको सबै भन्दा ठूलो खेल मेला हो । यसपटक थ्री नेसन्समा नेपाल र बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यू २३ टोलीको सहभागिता रहेको थियो ।

समूह चरणमा एक गोल नगरि फाइनल पुगेको नेपालले फाइनलमा सानदार प्रदर्शनका साथ उपाधि जितेको हो । नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । बंगलादेशलाई ८२ औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै २–१ को अवस्थामा पुर्याएका थिए ।

विजेता नेपालले पाँच हजार डलर र उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेका छन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुरस्कार हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय खेलाडी बिराज महर्जनले अन्तराष्ट्रिय खेलबाट शन्यास लिएका छन् । खेल जीवनमा विराजको ७३ औं क्याप हो । नेपालका अन्य खेलाडीले यतिको संख्यामा क्याप खेलेका छैनन् । उपाधीसँगै विराजलाई अन्तराष्ट्रिय खेलबाट विदाई गर्न पाउँदा आफू खुशी भएको नेपालका नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङ्ले बताए ।

सम्बन्धित समाचार

चैत्र २५ देखि संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने

दमक, १६ चैत्र । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीले निर्णायक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगर केन्द्रित...

कोशी प्रदेश नामाङकनको विरोधमा संघर्ष समितिद्वारा स्थानीय तहमा तालाबन्दी

दमक, १४ चैत । कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य...

लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ्)लाई शहीद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति...

विराटनगरमा पहिचानवादीहरुको आन्दोलन, हवाई फायर र अश्रुग्याँस प्रहार, २९ भन्दा धेरै घाइते

विराटनगर, १४ चैत्र । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् । दिगो...