दमकबाट दुई महिला पक्राउ, आठको उद्धार

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई दमक ६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेकी छन् । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...