निम्स नेशनल हस्पिटलमा आजबाट सिटी स्क्यान सेवा शुभारम्भ

,   लिम्बुवान न्युज
                       

दमक, १७ फागुन । झापाको दमक–९ स्थित निम्स नेशनल हस्पिटलले आज (मंगलबार) देखि सिटी स्क्यान सेवा शुभारम्भ गरेको छ । हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सेवा शुभारम्भ गरेको अस्पताल प्रशासनले जनाएको छ ।

सिटी स्क्यान सेवाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उदघाटन गरिन् । अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा विशेष कार्यक्रममा उपप्रमुख अधिकारीले अस्पतालहरुले दिने सेवा गुणस्तरीय, विश्वसनियसंगै सरल र सुलभ किसिमको हुुनुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरिएको अस्पतालहरुमा उपलब्ध सेवाका आधारमा दमक अस्पतालले बिरामीहरुलाई रेफर दिने गरेको स्पष्ट पारिन् । सरकारी अस्पताल दमक अस्पतालकी अध्यक्ष समेत रहेकी अधिकारीले विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्ने सिलसिलामा सिटी स्क्यान सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम चालू रहेका अस्पतालहरुमा नै बिरामी रेफर गर्नुपर्ने व्यवस्था रहेको पनि जानकारी गराइन् । उनका अनुसार दमक अस्पतालमा सो सेवा नहुँदा बीमा कार्यक्रमबाट लाभ लिनुपर्ने बिरामीहरुलाई दमक बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेकोमा निम्स अस्पतालले सो सेवा दिन शुरु गरेसंगै अब त्यो बाध्यता हटेको बताइन् ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.नविन कुमार सिंहले अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासंगै भिडियो एक्सरेको सेवा सञ्चालन गर्ने बताए । हाल २५ बेड क्षमताको सो अस्पताललाई ५० बेड क्षमताको अस्पतालका रुपमा बिकास गर्ने प्रकृया अन्तिम चरणमा रहेको सिंहले जानकारी दिए । उनले विभिन्न किसिमका विशेषज्ञ चिकित्सकहरुबाट नियमित ओपिडी, सर्जन सेवाहरु समेत प्रदान गर्दै आएको जनाएका छन् । सो अवसरमा आम्दा अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ड डा. नविन ढकाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सिटी स्क्यान सेवाको अभाव खडकिएको लामो समयपछि चालू एक महिना भित्रै दमकमा दुई वटा अस्पतालले सो सेवा प्रदान गर्न शुरु गरेकोमा खुशी व्यक्त गरे ।

सोही अवसरमा निम्स अस्पतालका संस्थापक अध्यक्ष बलभद्र कोइरालाले सेवालाई थप विस्तार गर्ने सिलसिलामा छिट्टै एमआरआई सेवा समेत ल्याउन सुझाव दिए । अस्पतालकी उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडाध्यक्ष रामबहादुर धिमाल, अस्पतालका सचिव रोशन विष्ट, कोषाध्यक्ष रमा लिम्बु , लायन्स क्लब इन्टरनेशनल ३२५ एवानका डिस्ट्रिक ट्रेजरर बबरजंग थापा, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष सुरेश सुब्बा, अस्पतालका सञ्चालकहरु, स्थानीय सामाजिक अगुवाहरु लगायत, चिकित्सक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
सरकारले व्यवस्था गरेको १० प्रतिशत आरक्षित निशुल्क सेवालाई पनि अस्पतालले निरन्तरता दिदैं आएको अस्पतालका मार्केटिङ विभाग प्रमुख गणेश प्रधानले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;