बाल हेल्पलाइनद्वारा फाकफोकथु पालिकालाई सामग्री सहयोग

 लिम्बुवान न्युज
                       

इलाम, १७ फाल्गुन । इलामको फाकफोकथुम गाउँपालिकास्थित कोभिड अस्पतालका लागि मानव अधिकार मञ्च नेपाल इलामले मंगलबार स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गरेको छ ।
बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत ८३ हजार ७ सय ५ रुपैयाँ बराबरको औषधि, स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री प्रदान गरेको हो ।
बालबालिका विपद् सहयोग कार्यक्रम अन्तर्गत मञ्चले पालिको कार्यालयमा पुगेर बालबालिका तथा उनीहरुको परिवारका लागि कोभिड अस्पतालमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो ।
सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री, डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुक लगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्रीहरु उपलब्ध गराइएको हो ।
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सरस्वती राई, प्रमुख प्रशासकीय अधिकृत शिवनाथ यादव लगायतको उपस्थितिमा मंचका बाल हेल्पलाईन प्रमुख भक्त थामी, डेस्क अफिसर रन्जु थामी र लेखा अधिकृत सोनिशा शंकरको उपस्थितिमा सामग्री हस्तान्तरण गरेका थिए ।
ओमिक्रोन कोरोना भाईरस (कोभिड १९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइनले इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानीय तहमा स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गर्दै आएको छ ।
यसअघि इलाम अस्पताल, चुलाचुली गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र माई नगरपालिका एवम् पाँचथरको कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिकालाई सामग्री उपलब्ध गराइसकेको छ । यस्तै इलामको देउमाई नगरपालिका र पाँथचरको जिल्ला अस्पताल, ताप्लेजुङको जिल्ला अस्पताल, सिरिजंगा गाउँपालिका र मैयाखोला गाउँपालिका एवम् तेह्रथुमको आठराई गाउँपालिकाको स्वास्थ्य संस्थामा सामग्री उपलब्ध गराउनेछ ।
कोभिड अस्पतालमा संचालित ४ जिल्लाका १५ स्वास्थ्य संस्थामा ११ लाख २२ हजार रुपैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराईने बाल हेल्पलान प्रमुख थामीले बताए ।
ओमिक्रोन भाईरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीहरुलाई आईसोलेसनमा आवश्यक सामाग्री उपलब्ध गराईएको थामीको भनाई छ ।
किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा बाल हेल्पलाइन १०९८ संचालित छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...