माङसेबुङ पालिकाले लोककल्याणकारी विज्ञापन दिने

 लिम्बुवान न्युज
                       

इलाम, १८ फाल्गुन । माङसेबुङ गाउँपालिकाले स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।

माङसेबुङ गाउँपालिकाको स्थानीय राजपत्रमा गत फागुन ४ गते प्रकाशित स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी सूचना प्रकाशन तथा प्रशारण कार्यविधि २०७८ प्रकाशित गरेसँगै स्थानीय सञ्चार माध्यमहरु यस सेवाबाट लाभान्वित हुने पक्का भएको हो ।

गाउँपालिकाले प्रकाशन र प्रसारणको लागि उपलब्ध गराउने चेतनामूलक र सूचनामूलक सन्देशलाई सञ्चार माध्यमहरुले लोककल्याणकारी विज्ञापनका रूपमा प्रकाशन/प्रसारण गरे वापत निश्चित रकम पाउने छन् ।

कार्यविधिमा उल्लेख भए अनुसार लोककल्याणकारी विज्ञापन वापत गाउँपालिकामा दर्ता गरिएको टेलिभिजनले १८ हजार, एफएम रेडियोले १० हजार, दैनिक पत्रिकाले १० हजार, अनलाइन पत्रिकाले १० हजार, अर्ध साप्ताहिक पत्रिकाले ८ हजार, साप्ताहिक पत्रिकाले ६ हजार, पाक्षिक पत्रिकाले ५ हजार ५ सय र मासिक पत्रिकाले ५ हजार रकम मासिक रूपमा पाउने छन् ।

गाउँपालिका कार्यालयले जनहितमा जारी सूचना र सन्देश प्रकाशन प्रसारण भए नभएको बारे अनुगमन गर्न सक्ने कार्यविधिमा उल्लेख छ । साथै सञ्चार माध्यमहरुले लोककल्याणकारी विज्ञापनको सुविधा प्राप्त गर्न तोकिएका शर्त र प्रवधानहरु पूरा गरेको हुनुपर्ने उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...