प्रहरी, आर्मी, शसस्त्र र न्यू डायमण्ड दमकमा जारी महिला भलिबलको सेमिफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, २२ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनलमा प्रवेश गरेका छन् । आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी बल, न्यू डायमण्ड क्लव र नेपाल प्रहरी विजयी बनेका छन् ।

विजयी टिमले आयोजक दमक भलिवल क्लव र प्रदेश नम्बर एकलाई दुई चरणको खेलमा हराएर सेमी फाइनलमा प्रवेश गरेका हुन् ।

दमक नगरपालिका खेलकुद समितिको आयोजनामा दमकको पशुहाटमा ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगितामा भोलि नेपाल प्रहरी र त्रिभूवन आर्मी तथा शसस्त्र प्रहरी र न्यू डायमण्डबीच सेमी फाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ ।

भोलि सोमबार पहिलो सेमी फाइनल विहान ९ र दोस्रो अपरान्ह २ बजे फोर्थ अफिसियल सदस्य प्रेम बाँस्तोलाले जानकारी दिनु भयो ।

खेलमा प्रथम हुनेले २ लाख र दितीय १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्नेछन् । राष्ट्रिय स्तरका महिला भलिवल टीमको सहभागितामा दमक नगरले पहिलो पटक दमक भलिवल कपको शुरुवात गरेको हो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...