प्रथम दमककप राष्ट्रिय महिला भलिबलको फाइनलमा आर्मी र न्यू डाइमण्ड भिड्ने

,   लिम्बुवान न्युज
                       

दमक, २३ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को आज भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन आर्मीले नेपाल प्रहरीलाई वेष्ट अफ फाइभमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीलाई सोझो ३ सेटमा हराउँदै न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो ।

११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिको आयोजनामा महिला सशक्तीकरणका लागि गरिएको खेल प्रतियोगिताको भोलि तेस्रो स्थान छनौटका लागि विभागीय टोली नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विहान ७ बजे खेल हुने छ । यस्तै फाइनल खेलका लागि १० बजे आर्मी र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ । आजको खेलमा विजयी टीमका न्यूडामण्ड स्पोर्ट एकाडेमीको जर्सी नम्बर १४ की प्रगती नाथ र विभागीय टीम त्रिभूवन आर्मीको जर्सी नम्बर ११ की संगम महत्तोले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका छन् ।

खेलमा प्रथम हुनेले २ लाख र दितीयले १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्ने छन् ।

यस्तै आज भएको खेल अवधिको समयमा यस अघि वंगालादेशमा भएको अन्तराष्ट्रिय स्तरको खेलमा विजयी बनेर आएका १२ जना खेलाडी र ३ जना पूर्व खेलाडी सहितलाई सम्मान पत्र र नगद ५ हजारले सम्मान गरिएको दमक भलिवल खेल विकास समितिका उपाध्यक्ष प्रेम बाँस्तोलाले बताए ।

महिलाको खेल क्षेत्रमा विकास गर्न दमकले मात्र ८ लाख नगद उपलव्ध गराएको छ भने खेल संचालन गर्न १६ लाख भन्दा धेरै खर्च हुने भएकाले सहयोग संकलनका लागि दमक भलिबल विकास समितिका सल्लाहकार संयोजक जयकुमार श्रेष्ठको संयोजनमा सहयोग जुट्दै गएको समितिका सचिव पूर्व खेलाडी राजु श्रेष्ठले बताएका छन् ।
सयौं दर्शक माझ भएको राष्ट्रिय स्तरको भलिबल आँखै अगाडी निशुल्क हेर्न पाउँदा दमक लगायत छिमेकी पालिकाहरुका स्थानीय खेलप्रेमीहरुले खुशी व्यक्त गरेका छन् । (तस्वीरः डिकेश लामा)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;