११२औं विश्व श्रमिक महिला दिवसकाे अवसरमा लिम्बुवान महिला मञ्चद्वारा धरानमा निकालियो र्‍याली

 लिम्बुवान न्युज
                       

धरान, २४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्गर्त संघीय लिम्बुवान महिला मञ्च सुनसरी जिल्ला समिति र धरान उपमहानगरपालिका समितिले संयुक्त रुपमा र्‍याली निकालेका छन् । मंगलबार ११२औं विश्व श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन मञ्चले र्‍याली निकालेको हो ।

महिलाहरु प्रति लैगिंक, सांस्कृतिक, सामाजिक, शारीरिक विभेदको अन्त्य गर्न प्ररित गर्न ¥यालीमा सहभागी भएका लिम्बुवान महिला मञ्चका नेतृहरु बताउँछन् । महिलाहरु चुलोचौकोबाट बाहिर निस्किएर समाज र देश परिवर्तनको लागि राजनैतिक पार्टीमा आबद्ध भई झण्डा बोकेर सडकसम्म निस्कन बाध्य छन् ।

महिला हिंसा अन्त्य गर्ने नयाँ संरचना बनाउनु पर्नेमा जोड दिदैं महिला नेत्रीहरुले समाज परिवर्तन गर्न मुख्य रुपमा महिलालाई पूर्ण अग्राधिकार दिनु पर्ने । संघीय शासन प्रणालीमा हरेक निकायमा बराबर रुपमा सहभागी गराउन संविधान मै ग्यारेन्टी गरिनु पर्ने । बलत्कार जस्तो जघन्य अपराध गर्ने अपराधिहरुलाई कसुर ठडिए मृत्यु दण्ड जस्तो सजाय समेत दिनेखालको कानुन संसोधन गरि लागू गर्नेपर्नेमा जोड दिएका छन् ।

र्‍याली बिभिन्न नाराहरू लेखिएकाे प्ले कार्ड समेत सहभागी महिलाहरूले बाेकेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...