धरान १६ मा लिम्बुवानको वडा गठन, मोरङको लेटाङ १ सरुपेटारमा टोल कमिटी गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २६ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले वार्ड तथा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । आज मञ्चको सुनसरी जिल्लाको धरान वडा नं. १६ मा शेर बहादुर तुम्बाफेको अध्यक्षतामा वडा समिति गठन भएको छ ।

आज गठित समितिमा उपाध्यक्षहरु निर बहादुर लिम्बु, रामकुमारी लिम्बु, विरेन्द्र जवेगु, पुष्पराज खतिवडा, सचिवमा सागर बि.क., सहसचिवमा जगु जवेगु, अर्थसचिवमा कमला लिम्बु निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा याम लिम्बु, चित्र लावती, घरसिपा लिम्बु, विष्णुकुमारी लिम्बु, अरुण शाक्य, डिल्लीशेर राई, राजकुमार राई, हेम कुमारी लिम्बु, कल्पना मगर, रेखा खालिङ, रेनका खड्का, लिला मगर, मान बहादुर लिम्बु, लिलानाथ जवेगु, टिकामाया याक्खा, सरस्वती लिम्बु, सुनकुमारी लिम्बु र निरज बि.क. रहेका छन् ।

त्यस्तैगरी मुख्य सल्लाहकारमा राजेन्द्र सुक्वाबो र अम्बिका सम्बाङफे रहेका छन् भने सल्लाहकारहरुमा रमेश कुमार राई, कालीप्रसाद सिंह, नरबहादुर हाङसो, मंगलमाया लिम्बु, अम्बी रसाईली, सोभा खड्का, ज्ञान बहादुर राई, भंकल बहादुर लिम्बु र ओमकुमार लिम्बु रहेका छन् ।

कार्यक्रममा मञ्चका संघीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे, प्रान्तीय उपमहासचिवहरु भुपेन्द्रसुन्दर लावती, गजेन्द्रमान चोङबाङक्याक, सचिवालय सदस्य सावित्रा पन्धाक, जिल्ला अध्यक्ष अमर इजम लगायत संघ, प्रान्त र जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

लेटाङ १ सरुपेटारमा टोल गठन

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ १ वडा समितिले सरुपेटारमा टोल समिति गठन गरेको छ । समितिको संयोजकमा मनप्रसाद लिम्बु चयन गर्दै तदर्थ टोल समिति गठन भएको हो ।

उक्त समितिमा सदस्यहरु आइत माया लिम्बु, तुल बहादुर तामाङ, दिलकुमार लिम्बु, कोपिला मान लिम्बु, चन्द्रकला गुरुङ, वीर बहादुर खेवा र पर्शुराम मगर रहेका छन् । कार्यक्रममा मञ्चका जिल्ला अध्यक्ष जीवन खेवा, क्षेत्रीय संयोजक भवानी माखिम, लेटाङ नगर अध्यक्ष किशोर चाम्लीङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...