एपिएफ पकली प्रथम अध्यक्षकप फुटबलको सेमिफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

एपिएफ पकलि

कमल, २६ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको १७ औं मिनेटमा एपिएफका तपन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । पहिलो हाफमा खेलको नतिजा १–० रहेको थियो । दोस्रो हाफको ३ औं मिनेटमा एपिएफका रोमन भुजेलले गोल गर्दै नतिजा दोब्बर बनाएको थियो ।

 

 

धनकुटा फुटबल क्लब

धनकुटा माथि लगातार हावि देखिएको एपिएफले खेलको ५२औ. मिनेटमा तपन कार्की, ५४औं मिनेटमा रोमन भुजेल, खेलको ८१औं मिनेटमा शैलेन्द्र राईले गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच एपिएफका रोमन भुजेल भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको क्वार्टर फाइनल खेल चारतारे फुटबल क्लब मोरङ र रेडहर्ष फुटबल क्लब इलामबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...