प्रथम अध्यक्षकप, चारतारेलाई पाखा लगाउँदै रेडहर्ष सेमिफाइनलमा

 लिम्बुवान न्युज
                       

कमल, २७ फागुन । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

खेल सुरु भएको २५औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरे । खेलको अग्रता कायम गरिरहेको चारतारे विरुद्ध रेडहर्षका युवराज राईले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । नतिजा पहिलो हाफमा १–१ को बराबारी भएको थियो ।

रेडहर्षको तर्फबाट दोस्रो हाफको १४औ मिनेटमा युवराज राईको क्रसमा मनिस थापाले गोल गर्दै नतिजा दोब्बर बनाए । खेलमा दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि थप गोल गर्न नसक्दा नतिजा २–१ मा टुङ्गिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच रेडहर्षका मनिस थापा भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।  प्रतियोगिता अन्तर्गत शनिबारको अन्तिम क्वार्टर फाइनल खेल बेलबारी फुटबल क्लब मोरङ र धुलाबारी फुटबल एकाडेमि झापाबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।
प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...