लिम्बुवान कतारद्वारा पिडितहरुलाई ४० हजार अर्थिक सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको पहिलो सचिवालय बैठकले विभिन्न प्रकृतिका पिडितहरुका लागि नेपाली ४० हजार रुपैयाँ सहयोग गरेको छ ।

मञ्चका अध्यक्ष रेखा राई खामसामाको अध्यक्षतामा बसेको सचिवालय बैठकले सांगठानिक महत्वपुर्ण विषयहरुमाथि घनिभुत छलफल तथा निर्णयहरु गर्नका साथै मञ्चले तेह्रथुम जिल्ला, लालिगुरास गापा घर भई मृगौला पिडित जानुका सेनेहाङ, पान्थर फालेलुङ गा.पा. ३ घर भई अग्नी पिडित निलिमा केरुङ, पान्थर फालेलुङ १ घर भई ब्रेन ट्युमरका रोगि कुमारी आङथुपो र इलाम जिल्ला माइनगर घर भई अशोक मगर लगायतलाई १०/१० हजारका दरले जम्मा ४० हजार नेपाली रुपैंया सहयोग गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास कार्यसमिति संघीय लिम्बुवान समाजिक मञ्च कतारले प्रवास देखि घरबास सम्म जानकारीमा आएका पिडितहरुलाई विभिन्न समयमा सहयोग गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...