दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ नम्बर वडामा टोल समिति गठनलाई तिब्रता दिइएको छ ।
मञ्चले गत स्थानीय चुनावमा चुलाचुली १ मा वडाप्रतिनिधि वडाध्यक्ष सहित जितेको सो वार्ड राष्ट्रिय सहिद राजकुमार आङदेम्बे माङतोकको घरसमेत पर्दछ । लिम्बुवान आन्दोलनको क्रममा २०६४ मंसिर २० गते उनी सहिद भएका थिए ।
चुलाचुली १ का वडाध्यक्ष मञ्चका लिम्बुवान प्रान्तीय सचिवालय सदस्य पूर्ण लावतीका अनुसार चुलाचुली १ मा विभिन्न टोल समितिहरु गठन भएका छन् । उनका अनुसार राई टोलमा वीरु लिङदमको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको छ ।
उक्त समितिको उपाध्यक्षहरुमा विक्रम फागो, कविता राई, सचिव मदन फागो, सहसचिव भुपेन्द्र राई र अर्थसचिव चामबहादुर राई भएका छन् भने सदस्यहरुमा किरण लिङदम, दुरेन फागो, भिम जवेगु, जनेन्द्रबहादुर लिम्बु, पूर्ण साउदेन, राम बहादुर राई, सुशिल तामाङ, ज्ञानु फागो, पूर्ण राई र पर्वत राई रहेका छन् ।
यसरी नै चौविसे टोलको अध्यक्षमा विक्रम देवान चयन भएका छन् । उपाध्यक्षमा खगेन्द्र बहादुर थापा मगर, सचिवमा दिलिप साँवा र अर्थसचिवमा सन्जु योङहाङ चयन भएका छन् । सदस्यहरुमा विनोद पन्धाक, देउमाया लिम्बु, रोहित श्रेष्ठ, डिक बहादुर जबेगु र सिर्जना साँवा रहेका छन् ।
कामत टोलको अध्यक्षमा अटल नेम्बाङ् चयन भएका छन् । यसरी नै उपाध्यक्षमा परिवेश जवेगु, सचिवमा सुजता थाम्सुहाङ र अर्थसचिवमा रेजिना थाम्सुहाङ चयन भएका छन् भने सदस्यहरुमा दिलकुमार तुम्रोक, लोकेन्द्र फागो, मेहेरमान लाबुङ, बुद्धिराज फागो र भिममाया केरुङ छन् ।
तुलाकुमार फियाकको अध्यक्षतामा १५ सदस्यीय टुक्रे टोल समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गोपाल जवेगु, सचिवमा विकल फागो र अर्थसचिवमा सुन्दरी इवा लिम्बु चयन भएका छन् । यसरी नै सदस्यहरुमा काजी लावती, बुद्धमाया माबो, नेत्रमाया लिम्बु, हर्क बहादुर मावो, अमृत योङहाङ, डिक बहादुर मावो, औबे बहादुर लावती, टंकमाया लिम्बु, भर्तमान लावती, पूर्णकुमारी लिम्बु र बुद्धवीर साँवा रहेका छन् ।
लिम्बुवान मञ्च चुलाचुली १ ले ४ वटा टोल समितिको इन्चार्जहरु समेत तोकेको छ । टुक्रे टोल इन्चार्जमा देउमान नेम्बाङ, दिबोम्बा टोलमा रञ्जन फागो, कामत टोलमा विकास राज राई, स्कुल डाँडा टोलमा दिनेश तुम्बापो रहेका छन् ।
मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावती, सचिव सन्तोष तुम्बापो, सचिवालय सदस्य तथा १ नं. वडाध्यक्ष पूर्ण लावती, तिलक फागो, प्रान्तीय सदस्यहरु कुमार तुम्बापो, दिपक आङदेम्बे, जिल्ला अध्यक्ष विपीन योङया लगायत नेताहरुको विशेष पहलमा टोल समिति गठन तथा प्रशिक्षण कार्यक्रम निरन्तर भईरहेको वडाध्यक्ष लावतीले लिम्बुवान खबरलाई बताएका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...